ताजा खबर

हाम्रो बारेमा

रेडियो मध्यश्चिम दाङ: दाङ सुचना तथा सञ्चार सहकारी संस्था लिमीटेड द्धारा सञ्चालीत छ । सञ्चार एंव सामाजीक तथा व्यवसायीक क्षेत्रमा कार्यरत ख्याती प्राप्त व्यक्तित्वहरुको संयुक्त लगानी र पहलमा यो संस्था २०६१ सालमा स्थापना भएको हो । त्यस समयमा नेपालमा निरङकुश राजतन्त्रको शासन भएको हुदा रेडियो स्थापना गर्न निकै कठिन थियो । लामो प्रयासपछि २०६२÷६३ को ऐतिहासीक जनआन्दोनको सफलता पछि २०६३ पुष २८ गतेदेखी आवाजहिन हरुको आवाज रेडियो मध्यपश्चिम ९१.४ मेगाहर्जबाट प्रशारण प्रारम्भ भयो । २०६४ जेठ १ गते तत्कालीन सुचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराद्धारा उद्घाटन गरियो । यो रेडियो १००० वार्ट क्षमताको छ । सुचना तथा सञ्चारको माध्यमबाट आम जनतालाइ शुसुचित एंव जागरुक बनाउन निश्चित उद्देश्यका साथ प्रतिबद्ध छ । 

उद्देश्य
– आम जनतामा निहित सुचनाको हकलाइ व्यवहारमा लागु गर्न । 
– रेडियोको माध्यमबाट तथ्य,सत्य र सन्तुलीत सुचना बैज्ञानीक एंव चेतनामुक शिक्षा र स्वस्थ्य मनोरञ्जन प्रदान गर्न 
– सुचनाको पहुचबाट बन्चीत खासगरी मध्यपश्चिम र सुदुरपश्चिम दुर्गम एंव ग्रामीण क्षेत्रमा समेत सामुदायीक आम सञ्चार माध्यम पु¥याउन ।
– लेकतान्त्रीक, समाबेशी र जनउत्तरदायी समाज निमार्णमा योगदान पु¥याउन । 
– मनवअधिकार, समाजीक न्याय र कानुनको सर्वोच्चता स्थापना कार्यमा सहयोग पु¥याउन ।
– सुमुदायमा रहेको भाषा , जाति ,संस्कृतिको पहिचन लाई स्थापित गर्दे लोपउन्मुख कला संस्कृति गित संगितको संरक्षण सम्बर्धन गरी बिबिधता बिच राष्ट्रियता मजबुत बनाउन ।
– नयाँ नेपाल निर्माणको जनआकाङक्षा परिपुर्ति गर्न संञ्चार माध्यमबाट कर्तब्य निर्बाह गर्न ।
– महिला दलित जनजाति अपाङग लयाएत हालसम्म पछि परेका बर्ग क्षेत्र र समुदायलाई आम सञ्चारको माध्यम बाट मुल प्रवाहिकरण गर्न ।
– आर्थिक क्षेत्र ःउद्योग,ब्यापार र बाणिज्यलगाएत आर्थिक क्रियाकलापको बिस्तार र सम्बृदिमा सहयोग  पु¥याउन ।
– समाजमा छरीएर रहेको पुँजिलाई सहकारीताको माध्यमबाट सुचना तथा सञ्चारको क्षेत्रमा लगानि गरी आम नागरीक लार्य सूसुचित गर्न ।
– सधै सकारात्मक सोचका साथ अगाडि बढ्ने ।
– अग्रगमनको परिर्बतन लाई साथ दिने ।
– कुनै पनि पार्टिको मुख बाणि नबन्ने ।
– तथ्य र सत्यका साथ आबाजहिनको आबाज वन्ने ।

रेडियो मध्यपश्चिम आफ्ना घोषित उदेश्य प्राप्तिका लागि आफ्ना कार्यक्रमको बनोट र प्राथमिकता निर्धारणगर्दै अगाडि बढिरहेको छ ।हाल यसको प्रसारण समय  बिहान ५ बजेदेखि रात्रि ११ बजे सम्म १८ घण्टा रहेको छ । यसमा हरेक घण्टा ताजा एब बिश्वसनीय समाचार समसामयिक जनचासोको बिषयहरुमा चर्चा परिचर्चा ,बहस र बिश्लेषण ,मानबअधिकार ,महिला अधिकार , सामाजिक न्याय र समाबेशि लोकतन्त्रको पक्षधर कार्यक्रम समुदायको चासोको बिषयमा समुदायकै भाषा शैलि र भाबनाको प्रस्तुति कृषि स्बास्थ्य शिक्षा साहित्यकला र संस्कृति, अर्थबाणिज्य , पर्यटन जस्ता कार्यक्रम को संयोजन ,उत्पादन एबं प्रसारणका अतिरिक्त बिभिन्न लोक संस्कृति , लोक गाएन तथा स्बस्थमनोरञ्जन र  श्रोत सहभागितात्मक कार्यक्रम हाम्रा प्राथमिकता हुन् । जनताको आवाज जनताकै भाषामा प्रस्तुत गर्नु हाम्रो कार्यक्रमको मुल आधारबिन्दु हो ।