राप्ती उपक्षेत्रिय अस्पतालमा विस्तारीत स्वास्थ्य सेवा ईएचएस सुरु

 

 
घोराही, १७ बैशाख ।
दाङको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीले आज देखी विस्तारीत स्वास्थ्य सेवा ईएचएस सुरु गरेको छ । दिउसो ३ देखी बेलुका ५ बजे सम्म विरामी उपचार सेवा प्रबाह गर्ने गरी बिस्तारीत स्वास्थ्य सेवा सुरु गरेको हो ।
 
जस्का लागि विरामीको नाम लेखाउन ३ सय रुपैयाँ तोकिएको अस्पतालका निमित्त मेडिकल सुरपरिटेण्डेण्ट डा. जनार्दन पन्थीले जानकारी दिनुभयो । अस्पतालमै कार्यरत डाक्टरहरुले दैनिक दुई घण्टा सो सेवा दिने छन् । 
 
नाम लेखाउन ३ सय रुपैयाँ तिर्नु पर्दा विस्तारीत सेवा लाई निजि अस्पतालबाट दिईने झै मानिएको छ । प्रत्येक दिन फरक फरक बिषेशज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गर्ने र अन्य सेवाहरु भने हालकै कायम हुने डा. पन्थीले बताउनुभयो ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement