निर्बाचनलाई सुरक्षित बनाउन ६१ वटा बैध हतियार संकलन

 

 
घोराही, २४ बैशाख ।
आसन्न स्थानिय तह निर्बाचनलाई सुरक्षित बनाउन सरकारले थालेको बैध हतियार संकलन गर्ने क्रममा दाङमा ६१ वटा हतियार संकलन भएको छ ।
 
गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बैध हतियार संकलन गर्न निर्देशन दिएपछि अहिले सम्म ६१ हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
 
गत चैत्र महिनादेखि दाङमा बैध हतियार संकलन गर्ने कार्य सुरु भएको थियो । जिल्लामा आठ सयभन्दा बढी बैध हतियार रहेको जिल्ला प्रशासन कार्यालय दाङको तथ्यांकमा रहेको छ ।
 
थानीय तहको निर्वाचनमा अप्रिय घटना हुनसक्ने भन्दै बैध हतियार संकलन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । जिल्लामा संकलित भएका हतियारहरुमा भरुवा र बारबोर रहेको प्रमुख सिंहको भनाई छ ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement