रेडियो मध्यपश्चिमका संस्थापक अध्यक्ष शर्मालाई वरिष्ठ पत्रकार सम्मान

 घोराही, २४ बैशाख।

नेपाल सरकारले दाङमा पाँच दशकदेखि पत्रकारितामा रहनुभएका नारायणप्रसाद शर्मालाई ‘बरिष्ठ पत्रकार सम्मान २०७३’ प्रदान गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आज काठमाडौमा शर्मालाई बरिष्ठ पत्रकार सम्मान प्रदान गर्नुभएको हो ।
 
विक्रम सम्बत १९८८ सालमा जन्मनुभएका शर्मा २०२४ सालदेखि निरन्तर पत्रकारितामा सकृय रहनुभएको छ । रेडियो मध्यपश्चिमको संस्थापक अध्यक्ष रहनुभएका शर्माले २०२४ सालमा अन्तध्र्वनि त्रैमासिक पत्रिकाको सम्पादक भएर पत्रकारिता शुरु गर्नुभएको थियो ।
 
त्यसपछि २०३३ सालमा युगबोधको सम्पादक बन्नुभयो भने हाल पत्रिकाको संस्थापक सल्लाहकार हुनुहुन्छ । २०६३ मा व्यवस्थापिका संसदमा विधायक, त्यसपछि प्रेस काउन्सिलका अध्यक्ष भइसक्नुभएका शर्माले प्रेस काउन्सिल पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । 
 
उहाँ नेपाल पत्रकार महासंघ दाङको संस्थापक अध्यक्ष पनि हुनुहुुन्छ । गत वर्षदेखि सुरु भएको राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा यस वर्ष ‘वरिष्ठ पत्रकारिता सम्मान’ शर्मासहित कृष्णा ताम्राकार, विश्वबन्धुृ भण्डारी र मदनमणि दीक्षितलाई प्रदान गरेको छ । 
 
त्यसैगरी ‘राष्ट्रिय पत्रकारिता सम्मान’ गणेशशेखर शर्मा, शिवबहादुर कार्की, सिराजुद्दिन खान र गजेन्द्रबहादुर बुढाथोकीलाई प्रदान गरिएको छ ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement