पानीको स्रोत जुटाउन डिप बोरिङ खन्दै

 

 
घोराही, २४ असार ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पानीको अभाब बढ्दै गएपछि डिप वोरिङ खन्ने काम सुरु गरेको छ । यस आर्थिक बर्षमा आधा दर्जन डिप बोरिङहरु खन्ने योजनाका साथ काम गरिएको संस्थाले जनाएको छ ।
 
यसैक्रममा घोराहीको गुलरीयामा आज देखी डिपबोरिङ खन्ने काम सुरुभएको छ । संस्थाका अध्यक्ष देविबहादुर डिसी समिति कार्य समितिका पदाधिकारीहरुको उपस्थितीमा गुलरीया क्रिकेट मैदान नजिकै डिप बोरिङको सिलन्यास गरिएको हो ।
 
साना शहरी खानेपानी तेस्रो आयोजनाको सहयोगका संस्थाले यस आर्थिक बर्षमा ६ वटा डिप बोरिङ खन्ने योजना बनाएको हो । करिब ३५ लाख रुपैयाँको लगानीमा डिप वोरिङ निर्माण गरिने र तीन सय मिटर गहिराई सम्म खन्ने योजना बनाईएको संस्थाका कोषाध्यक्ष बलदेब योगीले जानकारी दिनुभयो । 
 
पछिल्ला बर्षहरुमा खानेपानीको अभाब बढ्दै गएपछि संस्थाले त्यसको बिकल्पमा डिप बोरिङ खन्ने र ओभरहेड ट्यांकी निर्माण गरेर उपभोक्ताहरुलाई पानी पु¥याउने योजना बनाएको छ ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement