दाङमा रासायनिक मलको अभाव

 

 
दाङ, २४ असार ।
दाङमा रासायनिक मलको अभाव देखिएको छ । धान खेतीका लागि दाङमा ३ हजार टन डिएपी मल आवश्यक पर्ने भएपनि अहिले कम्पनीमा ५ सय टन मल मात्र भएको कृषि सामाग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिर्थ न्यौपानले जानकारी दिनुभयो । 
 
नेपालको मुख्य खेती धानका लागी आवश्यक पर्ने मलक अभावका कारण किसान दुविधामा परेका छन् । केही दिन अघि भएको एक कार्यक्रममा जिल्लामा यस बर्ष रासायनिक मलको अभाव नहुने रोकारवालाहरुले बताएपनि डिएपी मलको अभाव देखिएको हो । अब केही दिनमा मल आउने कृषि सामाग्री कम्पनीले जनाएको छ ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement