व्यवसायी श्रेष्ठका मुख्य अभियुक्त पक्राउ, अपराध लुकाउन घर्तीको समेत हत्या

 

 
घोराही, २७ असार ।
दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ सँगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि हत्या भएको अभियुक्तहरुले बयान दिएका छन् । व्यापारी श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका थप चार जनाले आज प्रहरी सामु दाङ हापुरका घर्तीको पनि हत्या गरिएको बयान दिएका हुन् ।
 
घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले तुलसीपुर उपमहानगरापालिका ८ मालभुङ निवासी २८ बर्षिय भुपेन्द्र भण्डारी, तुलसीपुर २ बालापुर बस्ने ३७ बर्षिय मानबहादुर भण्डारी, यस्तै वडा नम्बर ६ को स्याउली बजार बस्ने २० बर्षिया पुजा घर्ती र उनका वुवा ३९ बर्षिय टीकाराम घर्तीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
 
अनुसन्धानमा लागेको प्रहरीले मानबहादुर, टिकाराम र पुजालाई बाँकेको डुडुवा गाउँपालिका ६ स्थित नेपाल र भारतको सिमानामा लुकिछिपी बस्दै आइरहेको समयमा प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी भुपेन्द्रलाई तुलसीपुरमा पक्राउ गरिएको हो ।
 
यस्तै अरु दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर ११ कटाहा निबासी बर्ष ३० का खुमबहादुर केसीलाई प्रहरीले काठमाडौ बाट पक्राउ गरेको छ भने तुलसीपुर ९ बेलुवा निबासी बर्ष ४१ का नारायण वलीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 
 
श्रेष्ठ भन्दा पहिलेनै रणबहादुरको हत्या भएको पक्राउ परेकाहरुले बयान दिएका छन । श्रेष्ठको हत्या भएको ठाउ देखि डेढ सय मिटर टाढा घर्तीको हत्या गरीएको अभियुक्तहरुको भनाई छ । यस अघि प्रहरीले घटनामा उनको संलग्नता रहेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिई सकेको छ । 
 
जेठ २६ गते अपहरणमा परेका राजकुमार श्रेष्ठको २९ गते नै हत्या भएको र २१ दिन पछि शब फेला परेको थियो । व्यवसायी श्रेष्ठलाई पुजा घर्ती टेलिफोन गरि घुम्न जाँउ भन्दै सल्यान तर्फ लगेका थिए । सोही क्रममा अपहरणकारीलाई चिनेका रणबहादुर घर्तीलाई पनि सल्यानबाटै अपहरण गरेका थिए ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement