कृषि क्षेत्र घोषणा गर्ने किसानलाई प्रोत्साहन गर्छौ ः चौधरी

 

 
दाङ, २७ असार ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कृषि क्षेत्र घोषणा गर्ने किसानलाई हरेक सेवा सुबिधा पु¥याउने बताउनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङले आज घोराहीमा आयोजना गरेको बजार बिस्तार तथा बजारीकरण बिषयक छलफल कार्यक्रममा नगर प्रमुख चौधरीले कृषि क्षेत्रलाई प्रर्बद्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
 
भैरहेका जग्गा प्लटिङलाई रोक्नु पर्ने र बैज्ञानीक बस्ती बिकास र प्लटिङ गर्नुपर्ने अबस्था आएको उहाँले बताउनुभयो । नगर प्रमुख चौधरीले कृषि क्षेत्र घोषणा गर्ने किसानलाई उत्साहित बनाउनै उसलाई आबस्यक पर्ने उपकरण सहित हरेक सहयोग उपलब्ध गराउने योजना सुनाउनुभयो ।
 
हरेक क्षेत्रगत बिषेशज्ञको व्यबस्था गर्न आफुहरुले पहल सुरु गरेको समेत उहाँले जानकारी दिनुभयो । कुनै पनि व्यवसायको बजार व्यवस्थापन र किसानलाई आबस्यक सहयोगका लागि कानुनले दिएका छुटलाई अधिकतम उपयोगमा ल्याउने गरि काम हुने समेत दावी गर्नुभयो ।
 
स्थानिय विकास अधिकारी कुलबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका चौधरीले सोचमा परिबर्तन ल्याउनु पर्नेमा जोड दिदै करलाई हाउगुजीकारुपमा नलिन समेत आग्रह गर्नुभयो ।
 
कार्यक्रममा बोल्ने बिभिन्न व्यवसाय सञ्चालन गरेकाहरुले आफुहरुले उत्पादन गरेका बस्तुहरुले सहजै बजार नपाएको गुनासो गरेका छन् । होजियारी व्यवसाय सञ्चालन गर्दै आउनुभएकी रचना सुबेदीले आफुहरुले उत्पादन गरेका कपडाहरुले बजार पाउन नसकेको गुनासो गर्नुभयो ।
 
कार्यक्रममा बोल्ने बक्ताहरुले उत्पादित बस्तुहरुको बजारीकरणमा व्यवसायीक संस्थाले समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनिहरुले बजारीकरणमा सुधार ल्याउन उत्पादित बस्तुहरुको गुणस्तर समेत हुनुपर्ने बताएका छन् । 
 
कार्यक्रममा घरेलु कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीले कार्यालयले गर्दै आएको काम, कार्यालयका नायब सुब्बा बामदेब शर्माले निति तथा कर र दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य श्रीधर पोख्रेलले बजार सञ्जाल निर्माणमा निजी क्षेत्रको भुमिकाको बिषयमा जानकारी गराउनुभएको थियो ।।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement