बारी जोत्दाजोत्दै एक गोरु र महिलाको मृत्यु

 

 
सल्यान, २६ असोज ।
सल्यानमा करेन्ट लागेर एक जनाको घटना स्थलमा नै ज्यान गएको छ । शारदा नगरपालिका वडा नम्बर ६, खातीगाँउमा आज बिहान बाँझो बारी जोत्दै गर्दा करेन्ट लागेर ज्ञान बहादुर वलीकी ५० वर्षकी श्रीमती मंगली कुमारी वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । करेन्ट लागेर मंगली कुमारीका श्रीमान घाइते हुनुभएको छ । यस्तै जोत्दै गरेको एउटा गोरुसमेत मरेको प्रहरीले जनाएको छ । 
 
श्रीमानलाई करेन्टको झट्का लागेको देखेर श्रीमानलाई बचाउन जाँदा उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर बारीमा नै टाँसिएर ज्यान गएको हो । मृतकका श्रीमानले चप्पल लगाएका कारण बाँच्न सफल भएको तर श्रीमती खाली खुट्टामा नै भएकाले करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ज्ञानबहादुरको अहिले  जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement