गाउँपालिका अध्यक्षको घरबाट नौँ जना जुवाडे पक्राउ

 

 
घोराही, २६ असोज ।
शान्तिनगर गाउँपालिका अध्यक्ष कमासिंह डाँगीको घरबाट प्रहरीले नौँ जना जुवाडे पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङ घोराहीबाट खटिएको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका अध्यक्ष डाँगीको घरबाट नौँ जना जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी  कार्यालय घोराहीका प्रबक्ता एवं डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ । 
 
प्रहरीले शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगी र वडा सदस्य रत्नबहादुर विष्टसहित नौँ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले गोविन्द बस्नेत, राम चौधरी, हर्कबहादुर विष्ट, विष्णुबहादुर बस्नेत, डिल्लीबहादुर वली, बिरबहादुर विष्ट, भिमबहादुर खड्का र कर्णबहादुर परियारलाई पक्राउ गरेको हो । 
 
पक्राउ परेका नौँ जनाबाट प्रहरीले ४१ हजार दुई ७० रुपैया समेत बरामत गरेको जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement