हुलाक बैंकमा तीन करोड बढी संकलन

 

 
घोराही, २६ असोज ।
जिल्ला हुलाक कार्यालय दाङले हुलाक बैंक मार्फत् तीन करोड बढी निक्षप संकलन गरेको जनाएको छ । जिल्ला हुलाक कार्यालयले सञ्चालन गरेको हुलाक बैंकिङ सेवा मार्फत् तीन करोड पचास लाख निक्षप संकलन भएको जनाएको हो । 
 
हुलाक बैंकमा नियमित रुपमा रकम संकलन गरीरहेको खरिदार बीरबहादुर राम्जाले जानकारी दिनुभयो । हुलाक बैंकमा रकम जम्मा गर्नका लागि खाता खोल्नुपर्ने ब्यबस्था रहेको छ । हालसम्म जिल्ला हुलाक कार्यालयमा सात सय ८० जनाले खाता खोलेको खरिदार राम्जाले जानकारी दिनुभएको छ । 
 
छरिएर रहेको पुजीलाई जम्मा गर्ने लक्ष्यका साथ हुलाक बैंक सञ्चालन भएको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले जानकारी दिनुभएको छ । हुलाक बैंकमा एक जनाले बढीमा दश लाख रुपैयासम्म रकम जम्मा गर्न पाउने ब्यबस्था गरिएको छ । 
 
जिल्ला हुलाक कार्यालयमा सिमित रहेको हुलाक बैंक अब केही समयपछि जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्ने योजना रहेको जिल्ला हुलाक कार्यालय दाङले जनाएको छ । हुलाक बैंकमा सबैको पहुँच पु¥याउनका लागि बैंक विस्तार गर्न लागिएको कार्यालयले जनाएको छ ।।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement