दाङमा म्यादी प्रहरीको पाँच गतेबाट छनौट प्रक्रिया शुरु हुने

 

 
घोराही, १ कार्तिक ।
दाङमा म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरुको छनोट यही कार्तिक पाँच गते बाट सुरु हुनेभएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दर्ता नम्बर अनुसार छनोट गरिने भएको छ । जसअनुसार पाँच गते बिहान सात बजेबाट १२ बजेसम्म दर्ता नम्बर एक देखि एक हजार दुई सय ५० नम्बर सम्म, १२ बजेबाट पाँच बजेसम्म एक हजार दुई सय ५१ देखि दुई हजार पाँच सय सम्म छनोट गरिने छ ।
 
यसैबिच ६ गते बिहान सात बजेबाट १२ बजेसम्म दुई हजार पाँच सय ५१ देखि तिन हजार सात सय ५० सम्म, १२ बजेदेखि पाँच बजेसम्म तिन हजार सात सय ५१ देखि चार हजार नौ सय ८५ नम्बर सम्म छनोट गरिने छ । दाङमा म्यादी प्रहरीका हुनका लागि चार हजार नौँ सय ८५ जनाले फारम दर्ता गराएका छन् । यसरी छनोट भएका म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको तलब, भत्ता, राशन र पोशाक सुविधा प्राप्त गर्नेछन् ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement