विद्यालय चलाउन भैलो खेलेर आर्थिक जुटाउदै

 

 
घोराही, १ कार्तिक ।
दाङको एक विद्यालयले शिक्षकलाई तलब दिन भैलो सुरुवात गरेको छ । घोराही उपमहानगरपालिका १९ सैघामा रहेको भगवती माध्यामिक बिद्यालयले तिहारमा भैलो खेलेर आर्थिक संकलन थालेको हो ।
 
माविमा कुनै पनि बिषयको शिक्षक दरबन्दीमा नरहेको होडवाङ बिद्यालयले निजि स्रोतका शिक्षकहरुलाई तलब खुवाउन भैलो खेलेर आर्थिक संकलन थालेको हो । मावि तहमा ७२ जना विद्यार्थिले सो बिद्यालयमा अध्ययन गर्दै आएका छन् ।
 
निजि स्रोतबाट चार जना शिक्षक राखिएको र मासिक ६० हजार तलब खर्च आबस्यक पर्ने विद्यालयका प्राधानाध्यापक देविबहादुर घर्तीमगरले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभाबक संघ, शिक्षक र बिद्यार्थीहरु भैलो खेल्नका लागि घोराहीमा आएका छन् ।
 
लामो समय देखी माविमा दरबन्दीमा शिक्षक माग गरेपनि शिक्षा कार्यालयले पठाउन नसक्दा आफुहरुलाई शिक्षकलाई तलव खुवाउन समस्या भएको प्रधानाध्यापक घर्तीमगरको भनाई छ । अहिले अभिभाबकहरुको आर्थीक सहयोगबाट माबि तह सञ्चालन भैरहेको उहाँले बताउनुभयो ।
गतबर्ष पनि भैलो खेलेर ३६ हजार रुपैयाँ संकलन गरेको बिद्यालयले जनाएको छ । भौगोलीकरुपमा बिकट क्षेत्रमा रहेको माबि होडबाङ बिद्यालयमा झण्डै ६ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement