चन्दा आतंक रोक्न आयोगले निजी क्षेत्रसंग छलफल गर्दै

 

 
दाङ, २४ कार्तिक ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति नजिकिएसँगै चन्दा आतंक बढेपछि निर्वाचन आयोगले आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ । निर्वाचन आचारसंहिता विपरित दलका कार्यकर्ता र उम्मेदवारका प्रतिनिधिले चन्दा संकलन कार्य तीव्र बनाएपछि आयोगले आज उद्योगी व्यवसायीसँग छलफल गर्ने जनाएको हो । 
 
आयोगले छलफलका लागि उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ निर्माण व्यवसायी महासंघलगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिलाई बोलाएको छ । कान्तिपथस्थित आयोग परिसरमा आज छलफल गर्ने आयोगले जनाएको छ । 
 
छलफलमा ब्यबसायीमाथिको चन्दा आतंक रोक्न गरिने सुरक्षा प्रतिबद्धता, निर्वाचन आचारसंहिता विपरित कार्यका लागि साझेदारीलगायतका विषयमा छलफल हुने प्रबक्ता नवराज ढकालले जानकारी दिनुभयो । राजनीतिक लाभ तथा अन्य प्रलोभनमा परी ब्यबसायीले दल तथा उम्मेदवारलाई आर्थिक सहयोग गर्ने गरेको तथा केही व्यवसायीमाथि जबरजस्ती चन्दा माग्ने परिदृश्यकाबीच आयोगले आज छलफलको आयोजना गरेको हो ।। 
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement