शेरधन राईको गाडीमा बम प्रहार

 

 
घोराही, २८ कार्तिक ।
भोजपुरमा आज एमाले नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईको गाडीमा बम प्रहार भएको छ । चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका ६ स्थित गुम्बामा अपरिचित समूहले बम हानेको हो र
 
बमको छर्रा लागेर निजी सुरक्षागार्ड डिल्ली देवकोटा घाइते भएका छन् । प्रतिकारमा सुरक्षागार्ड देवकोटाले १४ राउण्ड हवाई फायर गरेका छन् । बम प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताउनुभयो ।  
 
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेशसभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि भएको साङ्घातिक आक्रमणको भत्र्सना गर्नुभएको छ । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको आक्रमणलाई आफ्नो पार्टीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएको ओलीको भनाइ छ ।
 
उता प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा मंगलबार बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement