चुनावी अभियान गाउँ केन्द्रित, ८१ उम्मेदवार सभा र घरदैलोमा व्यस्त

 

 
घोराही, २९ कार्तिक ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुले चुनावी अभियानलाई गाँउ केन्द्रित बनाएका छन् । नेकपा एमाले, माओबादी केन्द्रको गठबन्धन, नेपाली कांग्रेस सहित अन्य दलहरुले चुनावी अभियानलाई गाउँ केन्द्रित बनाएका हुन् ।
 
तीन वटै निर्वाचन क्षेत्रमा यती बेला राजनितिक दलका तथा स्वतन्त्रका ८१ जना उम्मेदवारहरु भोट माग्दै गाउँ गाउँमा पुगेका छन् । आ आफ्ना चुनावी एजेण्डाहरुलाई लिएर उम्मेदवारहरु मतदाताको घरघरमा पुग्ने गरेका छन् । 
 
विभिन्न पार्टीका २३ जना प्रतिनिधीसभा र ४९ जना प्रदेशसभाका लागि उम्मेदवार रहेका छन् भने ८ जना स्वतन्त्रका प्रतिनिधीसभा र ९ जना प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् । 
 
पार्टीहरुले चुनावी सभाको आयोजना गरेर आफ्ना बिकास र अधिकारका एजेण्डाहरु मतदाताहरुलाई सुनाएका छन् भने स्वतन्त्र उम्मेदवारहरु पनि मतदाताको घरदैलोमा पुगेर भोट माग्नमा व्यस्त छन् ।
 
बाम गठबन्धनले प्रदेशको राजधानी र संबृद्ध दाङ बनाउने र सँगै समाजबादको एजेण्डालाई प्रस्तुत गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले शान्ति, प्रजातन्त्र र बिकासका एजेण्डालाई भोट माग्ने अस्त्र बनाएको छ । 
 
अन्य दलका र स्वतन्त्र उम्मेदवारहरुले पनि शान्ति, बिकास, संबृद्धीका एजेण्डाहरु लिएर जनताको घरघरमा पुगेका छन् । आर्थिक, साँस्कृती, पर्यटन, भौतीक विकासका एजेण्डालाई लिएर उम्मेदवारहरु भोट माग्नमा व्यस्त रहेका छन् । 
 
भोट माग्न पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले आधारभुत आबस्यकता कै कुराहरु सुनाउने गरेका छन् । संघियतामा देश गएपछि अधिकार र बिकासले छुन नसकेको भन्दै आधारभुत आबस्यकताहरुलाई नै पहिले पुरा गर्न सुझाब दिएका छन् । 
 
बाटो, पानी, पुल, सञ्चार, स्वास्थ्य कै अधिकारबाट बन्चित हुनु परेको मतदाताहरुको उम्मेदवारहरु समक्ष गुनासो रहेको छ । विगतमा पनि उम्मेदवारहरुले आश्वासन मात्रै बाँढेको भन्दै अब जनतालाई धोका नदिन आग्रह समेत गरेका छन् ।।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement