वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

 

 
दाङ, २९ कार्तिक ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले नियन्त्रणमा लिएको छ । आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै छानबिनका लागि पाण्डेलाई नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । 
 
विभागका शाखा अधिकृत कृति बल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसी राजधानीको नयाँबानेश्वरबाट १० लाख रुपैयाँ घुस सहित पक्राउ परेपछि अख्तियारले उनीहरुकै बयानका आधारमा पाण्डेलाई पनि नियन्त्रणमा लिएको हो । 
 
अख्तियारकाअनुसार, १० लाख रुपैयाँ लेनदेनको विषयमा पौडेल र केसीले पाण्डेको नाम समेत लिएका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइ दिने भन्दै एक म्यानपावर कम्पनीबाट सो रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको सहायक प्रवक्ता रिजालले बताउनुभयो । 
 
पौडेल र खड्का दुवै जनाले महानिर्देशकले पनि घुस लिएको बताएपछि अनुसन्धानका लागि पाण्डेलाई पनि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।। 
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement