ताजा खबर

अन्तरजातीय विवाहः गायक यशकुमारको अनुभव : न्यूरोडको मारपिटदेखि शनिबारको जमघट सम्झेर भिजिरहने परेलाहरु (अडियोसहित)

SITENAME

गीतसङ्गीतप्रतिको लगाव र साधनाका कारण सुरेशकुमार हुँदै यसकुमारको नाम चर्चामा नआउँदै प्रेम र वैवाहिक जीवनमा अनेक आरोहअवरोह आइलागे । आफू दलित समुदायको तर प्रेम भने नेवार समुदायकी युवतीसँग अङकुराएन मात्र, झाङ्गिदै विवाहमा परिणत हुनै लाग्दा सासूससुराको तर्फबाट प्रेमिका खोसेर लगिएको थियो । झैझगडा, मारपिटकाबीच पनि प्रेमिका रीता शाहीलाई श्रीमतीका रुपमा पाउँदा यशकुमारले विगत बिर्सनुभयो तर विगतका अनुभव सुनाउँदै गर्दा उहाँका आँखाका किनारबाट रसाएको आँसुका कारण परेलाहरु अझैँ पनि भिज्न थाल्छन् । गायक तथा कलाकार यसकुमारसँग अन्तरजातीय विवाह र समाजको बुझाइमा अझैँ पनि देखिएको समस्याका बारेमा लिलप्रकाश चन्दले गर्नु भएको कुराकानीः 


बिरानो यो मन्दिरमा......
बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन...
नआउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन...

म त विवाह पछि नै चर्चित भएको हो । उनीसँगको विवाह पछि नै सिर्जना प्रभावकारी बन्न थाल्यो सायद । म लागिपरेको चाहीँ पहिलेदेखि नै हो ।

यो अन्तरजातीय विवाह गर्दाका सुःख, दुःखहरु कस्ता रहे ? 

म चाहीँ मेरो आफ्नो भोगाईलाई दुःख भन्न रुचाउँदिन । त्यसलाई म आफ्नो अनुभव भन्न रुचाउँछु । त्यो त रमाइलो छ । फिल्म हेर्दा एउटा क्यारेक्टरले कसरी उत्कर्षसम्म आउँदा सङ्घर्ष गर्दै ऊ कसरी पार हुन्छ । त्यो अवस्थाको कथाहरु मैले पनि भोगेको छु । 

सबैभन्दा सुखद र दुखद पक्ष भन्नुपर्यो भने तपाईले दुखद पक्ष के भन्नुहुन्छ ? 

मेरो भोगाईलाई त म दुखद भन्नै चाहान्न । जसरी आज मैले यशकुमारको उपाधि पाएको छु, एउटा कलाकारको उपाधि पाएको छु । त्यो सहजै पाएको होइन । 

त्यसको लागि कयौँ पटक आँसु बगाउनुपर्यो ?

अवश्य पनि । जे होस् म लडेर एकै ठाउँमा बसिन । उठेर हिड्न प्रयास गरेँ, जसका कारणले म एउटा ठाउँमा पुग्न सफल भएको छु । 

मेरो छोरा अहिले १४ वर्षको भयो । हामी सबै खुसी र सुखी छौँ । हरेक शनिबारको दिन हाम्रो जमघट ससुसाली घरमा हुन्छ । मेरो आमाबुवाको रुपमा सासूससुरा पाएको छु । एकदमै सोझो हुनुहुन्छ, परिवारका सदस्यका लागि जिम्मेवारी बहन गर्ने स्वभावको हुनुहुन्छ । कताकता कस्तो महसुस हुन्छ भने उहाँहरु न्यूरोडमा भएको हात हालाहालको घटनाका कारणले कतै न कतै पश्चाताप महसुस गरिरहनु भएको छ । 

 

 

 

 

तपाईको प्रेम विवाह थियो, त्यसलाई एउटा औपचारिक रुपमा बदल्दा सबैभन्दा धेरै दुःख भयो कि सुख भयो ? यद्यपी तपाई सुःख, दुःख भन्न चाहानुहुन्न ? 

हैन, भने नि ! जब एउटा छोराले दुःख गर्दै पढ्छ, जब उसले सय प्रतिशत मार्कसले ऊ जब पास हुन्छ, त्यति बेला कति खुसी हुन्छ । भनेको मतलब मेरो लागि त्यो एउटा परीक्षा थियो । जति मैले संघर्ष गरेँ र अन्त्यमा गएर मैले उसलाई प्राप्त गरेँ । त्यसमा त अब दुखी हुने त कुरा नै भएन । अहिलेको यो क्षणमा आइपुग्दा हिजोको दिनमा मेरो छोरीको लागि यो मान्छे त्यति उत्कृष्ट थिएन कि ? पृष्ठभूमि पनि राम्रो छैन । न नाम छ, न दाम छ, न त हामीसँग मिल्ने खालको त्यस्तो वर्ग नै छ, भन्ने परिवारले आजको दिनमा मेरो ज्वाइ मध्येको उत्कृष्ट भनेर छाती फूलाएर मेरो नामबाट परिचय गराउनुहुन्छ भने त्यो जति मेरो लागि अरु खुसी केही हुन सक्दैन । 

अहिले आएर तपाईकै नाम लिएर तपाईको सासूससुरा अथवा आफन्तहरु तपाईका कारण चिनिने मौका पाउनुभयो, यो ठूलो परिवर्तन कसरी सम्भव भयो ? 

सफल हुने प्रयास गर्नुपर्छ । जहिले पनि म के भन्छु भने मैले लिन परोस् भनेर सङ्घर्ष गर्ने होइन । मैल दिन परोस् भनेर सङ्घर्ष गर्ने हो । दिएर मलाई पुगिरहेको छ भने मैले कसैसँग हात फिजाउन परेको छैन भने अरुको अगाडि त म उत्कृष्ट नै हुन्छु । उत्कृष्ट मान्छेलाई कसैले पनि हेँला गर्छ जस्तो मलाई लाग्दैन ।

विवाहचाहीँ कहाँबाट गर्नुभयो तपाईले ?

यहीँ हो काठमाडौँ ।

काठमाडौँ कुन ठाउँ ?

बागबजार । 

सुरुमा माया प्रेम कसरी बस्यो ?

म सङ्घर्षरत नै थिएँ,उनीसँग भेट भएको चाहीँ २०५५ सालमा हो । 

पहिलो पटक कुन ठाउँमा भेट्नुभएको  थियो ?

बागबजारमा नै हो । मेरो साथीले डिजाइनहरु गथ्र्यो, त्यहाँ जाने क्रममा हेराहेर मात्र हुन्थ्यो तर बोलचाल भएको थिएन । मैले पहिले रेकर्ड गरेको गीत त्यति चर्चामा थिएन । पछि संयोगबस उनी राई स्कुलमा पढ्थिन्, राई स्कुलमा स्वागत कार्यक्रमहरु हुन्छ । नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने, त्यस्तोमा चाहीँ हामी जस्तो नाम नचलेको कलाकारहरुलाई बोलाइन्छ । त्यहीँ क्रममा त्यो स्कुलमा भेट भएपछि मैले गीत गाएँ । मैले सङ्गीत गरेका गीतहरु गाइसकेपछि, ‘तपाईलाई म देखिरहन्छु नि !’ भनेर भनिन् उनले । त्यसपछि ‘ए हो र, कहाँ ? मैले पनि देखेको जस्तो लाग्यो तपाईलाई’ भने मैले ।

हिजोको दिनमा धरती र आकासबाहेक मसँग केही पनि थिएन । आजको दिनमा मेरो सिर्जनालाई माया गरेर जुन ठाउँमा स्रोताले पुर्याइदिनु भएको छ । म हिजोको त्यही व्यक्ति थिएँ र ? भन्ने लाग्छ । जसलाई बस चढ्दाखेरी पनि पल्लो स्टपसम्म पुग्दाखेरी पैसा नपुग्ने हो कि ? भन्ने व्यक्ति थिएँ । आज म मेरो सफलताको बारेमा तपाईसँग अन्तरवार्ता दिइरहेको छु । यो सबै व्यक्ति मनै हो त ? भनेर फर्कदा बिझाउँछ । 

 

 

 

 

तपाईले चाहीँ साँच्चिकै देखेर भन्नुभएको थियो कि, त्यतिखेर यत्तिकै भन्नुभयो ? 

मैले होइन कि, उनले मलाई भनिन्, ‘म तपाईलाई देखिरहेको हुन्छु नि ! अनि ‘अँ मैले पनि तपाईलाई देखिरहेको हुन्छु तपाईलाई त्यहीँ बागबजारमा ।’ भनेपछि ‘ए, अँ’ भनेँ । 

तपाईले ‘मैले पनि देखिरहेको छु ।’ भनेको त्यो साँच्चिकैको थियो कि अब यसै भनेर फकाउनुपर्यो भन्नुभएको ? 

होइनहोइन, त्यो सोच त मेरोमा शून्य प्रतिशत पनि थिएन । किनभने अभावले लखेट्न सुरु गर्छ नि ! त्यो चाहाना, सपना, रहरहरु सबै ओझेल पर्छन् । त्यसमा दोस्रो व्यक्तिले स्थान नै पाउँदैन । आफू कसरी बाँच्ने भन्ने समयमा दोस्रो व्यक्तिलाई थप्दा झन समस्या हुन्थ्यो नि !

त्यसपछि त्यो सम्बन्ध कसरी अघि बढ्यो ? 

‘ए अँ’ भनेपछि परिचय भयो, त्यसबेलामा मोबाइल फोन थिएन । मेरो आउजाउ त ठ्याक्कै उनको घरसँग जोडिएको घरमा थियो । हेराहेर, बोलचाल हुन्थ्यो । उनीलाई शास्त्रीय नृत्य मन पर्ने, पछि स्कुलबाट आइसकेर घर नजिकै नै डान्स क्लास गर्न थालिछन् । त्यसैताका मेरो गीतको म्युजिक भिडियो बन्ने कुरा भयो । सुटिङ्का लागि ककनी जाने कुरा भएपछि त्यसमा ककसलाई कोरसमा बोलाइएको छ भन्ने मलाई थाहा थिएन । सन्जोगबस शास्त्रीय नृत्य गर्ने समूहमा उनी पनि परिछन् । डान्स प्रशिक्षकले घरबाट अनुमति लिएर गएका रहेछन् । मलाई देखेर उनी पनि छक्क परिछन् । त्यसपछि मात्रै बोलचाल, भेटघाट बढ्न थाल्यो । म पनि उनको स्कुलमा भेट्न जान थालेँ ।

त्यो प्रेम सम्बन्ध कति वर्ष चल्यो ? 

मोटामोटी तीन वर्ष जति चल्यो ।

तीन वर्षकोबीचमा घरपरिवारले थाहा पाएपछिका उतारचढाव केही थिए कि ? 

त्यो पूरै फिल्म नै छ नि ! उतारचढाव त भइ नै हाल्यो नि ! किनभने त्यतिखेर म सङ्घर्ष गरिरहेको थिएँ । मसँग केही थिएन । उनी काठमाडौँमा घर भएको मानिस । त्यसमा पनि नेवार समुदायमा पनि आफ्नै संस्कार छ, संस्थागत भएको समाज छ । आफ्नै समुदायमा विवाहबारी हुने चलन छ । त्यसले गर्दा अन्तरजातीय विवाह गर्नु भनेको सानो निर्णय  थिएन । 

त्यो तीन वर्षमा परिवारसँग कुराकानी, छलफल केही भयो कि ? 

अँह केही पनि भएन । घरबाट दिने कुरा त सम्भवै थिएन, भाग्नुको विकल्प थिएन   हामीसँग ।

भनेपछि तीन वर्षमा प्रेम विवाहमा परिणत भयो ? 

घरमा गएर माग्न सक्ने हिम्मत पनि मसँग भएन । देखाउन लायक पनि मसँग केही थिएन तर सबभन्दा ठूलो दवाव उनले नै दिइन् आमाबुवालाई र परिवारका सदस्यलाई । उनी एक्लो छोरी भएका कारणले त्यो केटा पाएन भने म जे पनि गर्न सक्छु भनेर इमोश्नल बल्याकमेलिङ सुरु गरिन् । 

तपाईले सिकाउनुभयो होला, यसरी भन्नुपर्छ भनेर ? 

मेरो त भेटघाटै भएन नि ! उनलाई घरपरिवारका सदस्यले थुनेर राखेपछि छोरीले खाना नखाने, भनेको नमान्ने, हात काट्ने अनेकथरी हुन थालेको रहेछ । 

तपाईलाई त्यसबेला कति धेरै छछपटी भयो होला हैन ? 

मैले त उनी फर्केर आउँछिन् भन्ने माया नै मारिसकेको थिएँ । किन भने सम्भव नै थिएन । जुन उहाँहरुको समाज छ, त्यहाँबाट फिर्ता पठाउने त्यस्तो सिस्टम नै छैन । 

त्यो सहमति माग्नका लागि तपाईले गरेको प्रयास सफल भएन ? 

म त त्यहाँ देखा नै परिन । ‘काका, मामा, कोको हुनुहुन्छ, उहाँहरुले तपाईलाई भेट्नु भयो भने जे पनि गर्न सक्छन् ।’ भन्थिन उनी । त्यसबीचमा म स्टुडियो जान्थेँ, काम गर्थे । एक दिन अचानक उनैले मलाई गिफ्ट गरेको पेजर थियो, त्यसमा ‘म आउँदैछु ।’ भन्ने म्यासेज आयो मलाई, उनको नाम पनि लेखिएको थियो । खै कसरी उनी भागेर म भएको ठाउँमा आइपुगिन् । ‘अब हामी काठमाडौँ नबसौँ, मलाई जहाँ सक्नुहुन्छ लैजानुस्, यहाँ बस्यो भने जे पनि हुन सक्छ ।’ उनले भनिन् । घरबेटीलाई भाडा बुझाउनै समस्या भएको बेला,उनले भने जस्तो सम्भवै थिएन ।

एक वर्षजति बोलचाल भएन । आउनेजाने पनि भएन । फोनमा कुराकानी पनि भएन । तरपछि मैले काम गर्न छोडेको थिएन, म सुरेशकुमारबाट यशकुमार बन्न थालेँ । गीतहरु चर्चित हुन थाले, त्यसपछि अलिकति मैले आफूलाई स्थापित गर्दै गएँ । देशविदेशमा, पत्रपत्रिका, टिभीमा छाउन पनि थालेँ । त्यसपछि सायद लाग्यो होला, ‘ए छोरीको रोजाइ ठिक नै रहेछ ।’ त्यसपछि सबैले जोजो न्यूरोडमा आउनु भएको थियो कुनै समय छुटाउनका लागि उहाँहरु सबैजना आउनुभयो फेरि जुटाउनका लागि । उहाँहरुले त्यो वातावरण बनाउनुभयो जुटाउनका लागि । आजको दिनमा मलाई उहाँहरुसँग गुनासो छैन ।

 

 

 

 

 

त्यसपछि त तपाईको हात खल्तिमा गयो होला नि !  

अँ, मायापिरतीले मात्र संसार चल्दैन । सुन्दा राम्रो लाग्छ, ‘म तिम्रो लागि ज्यान दिन्छु ।’ सुन्दा राम्रो लागे पनि अभ्यासमा त्यो धेरै गाह्रो छ । किनभने म मर्ने पक्षमा थिइन, बाँच्ने पक्षमा थिएँ ।

अनि कहाँ लिएर जानुभयो? लैजा भनेपछि ? 

मैले के भने ‘एकदमै गाह्रो हुन्छ, रोजगारी छैन ।’ भनेर कुरा गर्दैमा केही दिन वित्यो । त्यसैक्रममा उनको परिवारका सदस्यले हामीलाई भेट्नुभयो । भागेको थाहा पाएपछि ‘आमा बिरामी हुनुहुन्छ, जसरी पनि भेट्नुपर्यो ।’ भनेपछि उनी त भन्थिन् कि ‘नजाउँ, उनीहरुको केही चालबाजी हुन सक्छ ।’ तर मैले आमालाई एकदमै माया गर्ने भएका कारणले सकारात्मक भएँ । 

त्यसअघि उहाँको आमासँग चिनजान थियो ? 

थिएन, किनभने ‘आमा बिरामी हुनुहुन्छ, खाना खानु भएको छैन ।’ भन्ने म्यासेज आउँथ्यो । त्यो पनि एक प्रकारको बल्याकमेलिङ रहेछ, पछि थाहा भयो । मैलेपछि ‘छोराछोरी, बाआमाको माया सम्बेदनशील हुन्छ ।’ भनेर सम्झाएँ । त्यसपछि काठमाडौँको न्यूरोडमा भेट्ने कुरा भयो । उहाँहरुको योजनाअनुसार झगडा भयो । 

तपाई एक्लै जानु भएको थियो ? 

म एक्लै थिएँ, उनी पनि साथमा लगेर गएँ । मलाई त्यहाँ झगडा हुन्छ भन्ने कुराको कुनै आभाश नै भएन । 

हात हालाहालको स्थिति भयो ? 

उनलाई खोसेर लगेर जानुभयो । म त्यहीँ थिएँ, उतातर्फबाट धेरै जना हुनुहुन्थ्यो । चोटपटक पनि लाग्यो । त्यसपछि मैले एउटा गीत लेखेको थिएँ ‘तिमी रोयौ, सबैले देखे, म रोएँ कसले देख्यो र, तिमी रोयौ छाती पिटी, म रोएँ, एक्लै लुकेर । ’

खोसेर लग्नु भएपछि के भयो ? 

त्यसपछि उनले म प्रतिको जुन माया थियो, त्यहाँ देखाइन् । २०५६ र ५७ कोबीचको कुरा हो यो । अहिले आएर म बुझ्दै गएँ । मेरो छोरा छ अहिले । आमाबुवाको एउटा छोरी, जसले दुःख गरेर पढाएका छन् । सपना देखेका छन् । अहिलेको जस्तो मेरो स्थिति पहिले भएको भए केही हुन्थ्यो होला ।

केही भन्नाले ? 

यशकुमार भएको छु, सफल ब्यक्ति भनेर सबैले माया र सम्मान गर्नु भएको छ । देशविदेश घुमेको छु । कसैसँग हात फैलाउनु परेको छैन । विवाहको लागि पनि सकारात्मक वातावरण बन्थ्यो होला । ‘यतिकोलाई ज्वाइभन्दा हुन्छ ।’ भन्ने आमाबुवाको मन राख्ने ठाउँ थिएन  मेरो ।

खोसेर लगेपछि के भयो सुनौँ ? 

त्यो घटना घटेपछि मप्रतिको उनको माया झन् बढ्यो । मेरो बुझाइ के भने बाउआमाले आफ्नो जीवन जीउँदै गर्दा छोराछोरीलाई उनीहरुको आफ्नो तरिकाले बाँच्न दिनुपर्छ । उनीहरु के बन्लान् त्यो आफ्नो ठाउँमा छ तर सही बाटो देखाउने जिम्मेवारी मात्र बाउआमासँग हुन्छ । जीउने अधिकार त उनीहरुलाई हुन्छ । किनभने बाउआमाले रोजेरै दिएकाहरुले पनि त श्रीमान्बाट पीडित छन्, बाउआमाको इज्जतका कारण छोरीहरुले व्यक्त गर्न सकेका छैनन्, भित्र कति पीडित छन् भन्ने बाउआमाले महसुस गर्न सकेका छैनन् । 

खोसेर लगेपछिका कति वर्ष तपाईले कुर्नु पर्यो ? 

वर्ष लागेन, जुन प्रकारको उनीप्रतिको मेरो सकारात्मक सोचाइ थियो, त्यसले उनलाई जित्यो  र पछि आमाबुवाले के महसुस गर्नुभयो होला भने ‘यो केटीलाई हामीले मन पराएको केटालाई दियौँ भने पनि हाम्रो छोरी खुसी हुन सक्दैन ।’ 

त्यो महसुस गर्न उहाँहरुलाई कति समय लाग्यो ? 

त्यही दुई महिनाजति लाग्यो होला । ‘हामीले अर्को केटा रोजेर दिए पनि छोरी खुसी हुँदैन ।’ भन्ने लागेछ सायद, ‘जेजस्तो होस् उही केटालाई दिउँ ।’ भनेर मलाई खबर गर्नुभयो । त्यसपछि मेरो भाउ खोज्ने पालो भयो । ‘मलाई तपाईको छोरी चाहिँदैन तपईसँगै राख्नुस् भनेँ , मैले तपाईको छोरीलाई जालझेल पनि गरेन, फकाएर कुनै सम्बन्ध पनि राखेको हैन । हो तपाईको छोरी मन पर्यो, हामीले एकअर्काको मन मिल्यो । दुखसुख बाँडेका मात्र थियौँ । ’ भने । 

उहाँहरुको प्रतिक्रिया के थियो ? 

त्यो भनेपछि ‘अब हाम्रो छोरी हामीसँगै राखेपछि छोरीले आफैलाई अफ्ठ्यारोमा पार्ने जस्तो भयो, एउटा रीति पूरा गरौँ अनि छोरी लान सक्नुहुन्छ ।’ भनेपछि म गएँ । उहाँहरुले राखेको सर्त अनुसार उहाँहरुको छोरी लिएर आएँ । हिजोको दिनमा म प्रति केही गुनासो थियो होला तर आजको दिनमा मलाई लाग्छ मबाट उहाँले गुनासो गर्ने मौका पाउनु भएको छैन ।

विवाहको स्वरुप भब्य थियो कि कस्तो ? 

त्यस्तो खालको गरेनौँ, किन कि म अझैँ पनि केही बनिसकेको थिएन । उहाँहरुले ‘त्यसोभए हामीकहाँ आएर बस्नु ।’ भनेर प्रस्ताव गर्नुभयो । ‘छोरीलाई दिएर पठाउँदैनौँ, यसले अहिलेसम्म खाना बनाउन जानेको छैन, सुखसयलमा हुर्केको छे ।’ भन्नुभयो, जुनकुरा मलाई स्वीकार्य थिएन । ‘मैले जे दिन्छु खानुपर्छ, मसँगै बस्नुपर्छ ।’ भनेर मैले कुरा राखेँ । मेरो कुरा सुनेपछि दिएर पठाउनुभयो तर उहाँहरु कति समयसम्म पनि हामीसँग बोलचाल गर्नु  भएन ।

जब एउटा छोराले दुःख गर्दै पढ्छ, जब उसले सय प्रतिशत मार्कसले ऊ जब पास हुन्छ, त्यति बेला कति खुसी हुन्छ । भनेको मतलब मेरो लागि त्यो एउटा परीक्षा थियो । जति मैले संघर्ष गरेँ र अन्त्यमा गएर मैले उसलाई प्राप्त गरेँ । त्यसमा त अब दुखी हुने त कुरा नै भएन । अहिलेको यो क्षणमा आइपुग्दा हिजोको दिनमा मेरो छोरीको लागि यो मान्छे त्यति उत्कृष्ट थिएन कि ? पृष्ठभूमि पनि राम्रो छैन । न नाम छ, न दाम छ, न त हामीसँग मिल्ने खालको त्यस्तो वर्ग नै ।

 

 

कति समयसम्म बोलचालै भएन ?  

एक वर्षजति बोलचाल भएन । आउनेजाने पनि भएन । फोनमा कुराकानी पनि भएन । तरपछि मैले काम गर्न छोडेको थिएन, म सुरेशकुमारबाट यशकुमार बन्न थालेँ । गीतहरु चर्चित हुन थाले, त्यसपछि अलिकति मैले आफूलाई स्थापित गर्दै गएँ । देशविदेशमा, पत्रपत्रिका, टिभीमा छाउन पनि थालेँ । त्यसपछि सायद लाग्यो होला, ‘ए छोरीको रोजाइ ठिक नै रहेछ ।’ त्यसपछि सबैले जोजो न्यूरोडमा आउनु भएको थियो कुनै समय छुटाउनका लागि उहाँहरु सबैजना आउनुभयो फेरि जुटाउनका लागि । उहाँहरुले त्यो वातावरण बनाउनुभयो जुटाउनका लागि । आजको दिनमा मलाई उहाँहरुसँग गुनासो छैन, मलाई उहाँहरुबाट गुनासो छैन । जसरी हिरोहिरोइनकाबीच आरोहअवरोह आउँछन् र हिरो हिरो नै रहेछ भनेर जसरी सकारात्मक रुपमा कथा सकिन्छ, त्यो एउटा चलचित्रको जस्तो भूमिका खेल्न पाएको छु । 

कुराकानी हुँदै गर्दा तपाईले केही पुछेजस्तो पनि गर्नुभयो आँखाको किनारबाट, तपाईलाई अझैँ पनि मनमा बिझेको जस्तो भन्ने केही छ ? 

हिजोको दिनमा धरती र आकासबाहेक मसँग केही पनि थिएन । आजको दिनमा मेरो सिर्जनालाई माया गरेर जुन ठाउँमा स्रोताले पुर्याइदिनु भएको छ । म हिजोको त्यही व्यक्ति थिएँ र ? भन्ने लाग्छ । जसलाई बस चढ्दाखेरी पनि पल्लो स्टपसम्म पुग्दाखेरी पैसा नपुग्ने हो कि ? भन्ने व्यक्ति थिएँ । आज म मेरो सफलताको बारेमा तपाईसँग अन्तरवार्ता दिइरहेको छु । यो सबै व्यक्ति मनै हो त ? भनेर फर्कदा बिझाउँछ । 

त्यसैको सङ्केत हो त, अघि किनारबाट पुछेको ? 

हजुरहजुर, मेरो छोरा अहिले १४ वर्षको भयो । हामी सबै खुसी र सुखी छौँ । हरेक शनिबारको दिन हाम्रो जमघट ससुसाली घरमा हुन्छ । मेरो आमाबुवाको रुपमा सासूससुरा पाएको छु । एकदमै सोझो हुनुहुन्छ, परिवारका सदस्यका लागि जिम्मेवारी बहन गर्ने स्वभावको हुनुहुन्छ । कताकता कस्तो महसुस हुन्छ भने उहाँहरु न्यूरोडमा भएको हात हालाहालको घटनाका कारणले कतै न कतै पश्चाताप महसुस गरिरहनु भएको छ ।  स्रोत ः सामुदायिक सुचना नेटवर्क 

गायक तथा कलाकार यशकुमारसँगको कुराकानी सुन्नका लागि यहाँ क्लिक गर्नुहोस्ःhttps://soundcloud.com/user-687894481/singer-yeskumarmp3

प्रतिकृया दिनुहोस
SITENAME

चलचित्र पत्रकार संघको बार्षिक उत्सव : ‘दाङ र चलचित्र परिपुरक’ 

घोराही, १९ साउन । दाङलाई चलचित्रको नगरी बनाउने उदेश्यका साथ चलचित्र पत्रकार संघले आगामी भदौ ४ गते बार्षिक उत्सवलाई केन्द्रित गर्ने भएको छ । संघले आज

SITENAME

घरबार जोड्न मन मिलेपछि मख्खै हिमा र शुसिला

दाङ नबगायिका सुशीला थापा र हिमा बोहराले घरबार जोड्ने भएका छन् । यसबर्ष दोस्रो तीज गीत बजारमा ल्याएकी सुशीला थापा र पहिलो पटक तीज गीत बजारमा ल्याएकी

SITENAME

गायिका चन्द्रा चलाउनेले सारी झरे झर्ला भनेपछि (भिडियो सहित)...........................

जीतसागर जी.एम. गायिका चन्द्रा चलाउनेले सार्वजनिक ठाँउमा साडी झरे झर्ला म यसपाली तीजमा नाच्छु भनेकी छन् ।   गायक यज्ञराज बुढाथोकी संग गायिका