ताजा खबर

मैत्रीपुर्ण फुटबलमा पत्रकारको समुह विजयी÷बिजयीलाई खसी उपहार 

SITENAME


प्रेमबहादुर राम्जा
घोराही, १ जेठ ।
युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अबसरमा दाङको भरतपुर खेल मैदानमा भएको  फुटबल प्रतियोगितामा पत्रकारहरुको समुह विजयी भएको छ । पत्रकार महासंघको टोलीले युवा संघलाई शून्यका बिरुद्ध ७ गोलले विजयी भएको हो । 

 

मैत्रीपुर्ण फुटबल प्रतियोगीतामा पत्रकार, युवा संघ, कानून ब्यबसायी र निजामती कर्मचारीको टोलीले प्रतिष्पर्धा गरेका थिए । युवा संघले निजामती कर्मचारी र पत्रकारहरुले कानून ब्यबसायीलाई जितेर फाइनलमा प्रबेश गरेका थिए ।

 

पत्रकारको तर्फबाट रामकृष्ण बस्नेतले ३ गोल गर्नुभएको थियो । पत्रकारको तर्फबाट सविन प्रियासन, रुपक थापा, मनिष पाण्डे र गोपाल कँवरले १÷१ गोल गरी गरि ७ गोल पु¥याएका थिए । विजयी भएको पत्रकारको टोलीले एउटा खसी उपहार प्राप्त गरेको छ । 

 

प्रतियोगीता पश्चात बोल्ने बक्ताहरुले युवाहरु सिर्जनशील हुनुपर्ने भन्दै खेललाई सद्भाव र भाईचाराको सम्बन्ध गराउने माध्यमका रुपमा लिन आग्रह गरेका छन् ।समापन कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रदेश सांसद रेवतीरमन शर्मा, युवा संघका केन्द्रीय सचिबालय सदस्य मनोहर बुढाथोकीले बोल्नुभएको थियो । 

 

युवा संघका जिल्ला अध्यक्ष मौसम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सहसचिव माधव वलीले गर्नुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस

युनाईटेडलाई तरुण कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत/ तुलसीपुर, २४  असोज / दाङ तुलसीपुर अरनीको मैदानमा सम्पन्न जिल्ला स्तरिय तरुण कप फुटबल प्रतियोगिता २०७५ को उपाधी युनाईटेड युथ क्लब

SITENAME

मंसिर अन्तिम साता नवलपुर कप फुटबल हुने

घोराही, २० असोज / आगामी मंसिरको अन्तिम साता दाङको घोराहीमा केशरसिंह श्रेष्ठ स्मृती आमन्त्रण फुटबल प्रतियोगिता नवलपुर कप २०७५ हुने भएको छ । नवलपुर

SITENAME

नेपालसँग मलेसिया १९ रनले पराजित 

घोराही, १६ भदौ । एसिया कप छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ । लगातार २ खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले हराएको हो ।