ताजा खबर

२९८ यात्रुसहितको मलेसियन जहाज रूसी मिसाइलले खसालेको खुलासा

SITENAME

युट्रेक्ट: युक्रेनमा मलेसियन विमान एमएच १७ लार्इ खसाल्ने मिसाइल रूसी सेनाको भएको खुलेको छ। अन्तर्राष्ट्रिय एजेन्सीको संयुक्त जाँचपछि बिहीबार पहिलो पटक यो दाबी गरिएको हो । 

 

डच जाँचकर्ता विलबर्ट पोलिसनले एक पत्रकार सम्मेलनमा रूसको कर्स्कस्थित ५३ औँ ब्रिगेडबाट यो मिसाइल हानिएको थियो । १७ जुलाई २०१४ मा एम्सटर्डमबाट क्वालालम्पुर गइरहेका बेला एमचएच-१७ मा विस्फोट भएको थियो । यसको भग्नवाशेष उत्तरी युक्रेनमा भेटिएको थियो । विमानमा बसेका २९८ यात्रु र चालक दलका सदस्य सबैजना यो घटनामा मारिएका थिए ।

 

जाँचकर्ताले पहिले रूसको बक मिसाइल प्रणालीलार्इ युक्रेनको मस्को समर्थित विद्रोहीले किनेको बताइएको थियो । जसलार्इ युक्रेनकै विद्रोहीले प्रहार गरेको जिकिर गरिएको थियो । त्यो बेला जाँचकर्ताले मिसाइल हान्ने कसैको पनि नाम लिएका थिएनन् । 

 

अब जाँचकर्ताहरूले रूसी सेनाले नै मिसाइल हानेको बलियो आधार फोटो र भिडियोमार्फत बनाइएको मिसाइलको रूटलार्इ मानेका छन् । यो मिसाइल रूसको कर्स्कबाट युक्रेनको सीमानजिकै गएको थियो । 

 

जाँचकर्ताहरूले विमानले त्यसदिन १.२० बजे ट्राफिक कन्ट्रोलबाट सम्पर्क गुमाएको बताएका छन् । जुन बेला त्यो घटना भएको थियो, त्यो बेला रूस-युक्रेनको सीमाभन्दा करिब ५० किलोमिटर पर जहाज उडिरहेको थियो ।

 

 मस्को लगातार यस हमला संलग्नतालार्इ अस्वीकार गर्दैछ । उसले यसको आरोप युक्रेनमाथि थोपर्दै आएको छ । नेदरल्यान्ड्सको तर्फबाट भएको यस जाँचलार्इ १०० मानिसमाथि केन्द्रित गरिएको थियो जसमाथि यस हमलामा सीधै संलग्न रहेको शंका थियो । तर जाँकर्ताहरूले कहिले पनि मिडियामा सीधै कसैको नाम लिएका थिएनन् । 

 

मुख्य जाँचकर्ता फ्रेड वेस्टरबेकका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अब केही काम मात्रै पुरा हुन बाँकी छ । 'पछिल्लो साल हामीले धेरै प्रमाण बटुलेका छौँ । तर अहिले पनि हामी आरोप लगाउन तयार छैनौँ ।'

 

डच अधिकारीका अनुसार एमएच १७ मामिलामा गिरफ्तार गरिएका अभियुक्तहरूमाथिको मुद्दा नेदरल्यान्ड्समै चल्नेछ । १७ जुलाई २०१४ मा भएको यस घटनामा २९८ यात्री र चालक दलका सबै सदस्य मारिएका थिए । यसमा ३८ अस्ट्रेलिया, ४३ मलेसिया र १९३ डच यात्री सवार थिए । 

प्रतिकृया दिनुहोस
SITENAME

करोडौँ ठगीका आरोपी मोदीबारे अनुसन्धान भइरहेको मुम्बई आयाकर भवनमा आगलागी

एजेन्सी । शुक्रबार भारतको दक्षिण मुम्बईस्थित आयकर कार्यालयमा आगलागी भएको छ । सिन्धिया हाउसको तेस्रो तल्लामा रहेको आयकार कार्यालयमा आगलागी भएको हो

SITENAME

किन भाँडियो अमेरिका–कोरिया वार्ता ?

दाङ, १२ जेठ । गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर

SITENAME

क्युबामा विमान दुर्घटना, १०० जनाको मृत्यु

एजेन्सी : क्युबामा विमान दुर्घटनामा हुँदा करीब १०० जनाको मृत्यु भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्याम आएका खबर अनुसार स्थानीय समय अनुसार