ताजा खबर

कामका लागि मलेसिया जाने प्रक्रिया स्थगन

SITENAME


दाङ, १२ जेठ ।
सरकारले मलेसियामा रोजगारीका लागि कामदार जाने प्रक्रिया स्थगन गरेको छ । अब भिसा लागिसकेका बाहेक अन्य कामदार तत्कालै मलेसियामा जान नपाउने भएका छन् ।

 

पूर्व श्रम स्वीकृति समेत रोकेर सरकारले विभिन्न संयन्त्रमार्फत मलेसिया जाने कामदारबाट भईरहेको असुली रोक्ने संयन्त्र हटाउन मलेसियाली सरकारमाथि दबाव सिर्जना गर्न खोजेको छ तर मलेसियाको नयाँ सरकारले यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको पनि छैन् । 

 

मलेसियाको नेपालस्थित दूतावासले भने नेपालले अवैध घोषणा गरेर मलेसिया सरकारका तर्फबाट खडा गरिएका संयन्त्रमाथि थालेको छानविनमा सघाउन कामदारलाई भिसा दिने प्रक्रिया नै बन्द गरिदिएको छ । यसैको प्रतिक्रिया स्वरुप नेपाल सरकारले पनि मलेसियाबाट आउने मागपत्रमा पूर्व श्रम स्वीकृति दिन रोकेको छ । योसँगै वार कि पारको ‘लडाइँ’ सुरू भएको छ ।

 

पूर्व स्वीकृति रोकिएपछि ब मलेसिया जाने कामदारमाथि भइरहेको अन्याय हटाउन मलेसियाको सरकारमाथि नैतिक दबाव पर्ने विश्वास श्रम तथा रोजगार मन्त्रालयको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

सिपबिनै वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमि आएन्

बिमला घर्ती घोराही, ५ असार । नेपालमा प्रति दिन एक हजार दुई सय देखि एक हजार पाँच सय जना बैदेशिक रोजगारमा जाने गरेका छन् ।    ती मध्य करिव ७५ प्रतिशत

SITENAME

 दाङबाट ५० हजार बढी युवा बैदेशिक रोजगारीमा

जीतसागर जी.एम. घोराही, २ असार केहि दिन अघि ४÷५ जना युवाको एक हुल जिल्ला प्रशासन कार्यालय दाङ नजिकै रहेको एउटा फोटो स्टुडियोमा पस्यो । त्यसपछि फोटो

SITENAME

रोजगारीका लागि मलेसिया जाने प्रक्रिया बन्द, व्यवसायीले रोके स्वास्थ्य परीक्षण

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण