ताजा खबर

असार मसान्तसम्म सडक निर्माण गर्ने ठेकेदारको प्रतिबद्धता

SITENAME


घोराही, १७ जेठ ।
कटवा खोलादेखि सिटी प्लाजासम्मको सडक निर्माणको जिम्मा लिएका निर्माण ब्यबसायी पदमराज शर्माले असार मसान्तसम्म काम सम्पन्न गर्ने बताउनुभएको छ । घोराहीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर असार मसान्तसम्म काम सम्पन्न गर्ने जानकारी गराउनुभएको हो । 

 

सडक निर्माण प्रक्रियामा आफ्नो मात्रै कारण नभएको भन्दै सडक निर्माणका क्रममा पिडित हुनु परेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । कटवाखोलादेखि सिटी प्लाजा होटलसम्मको एक किलोमिटर चार सय मिटर सडक लम्बाई सडक असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभएको थियो । 

 

कटवाखोलादेखि ट्राफिकसम्मको सडक निर्माण केही दिनमा सम्पन्न हुने र ट्राफिकदेखि सिटी प्लाजासम्मको काम पनि असार मसान्तसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारीमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । नाकाबन्दी, नदीजन्य पदार्थको अभावका कारण सडक निर्माणमा समस्या रहेको भन्दै असार मसान्तसम्म सडक पुर्ण रुपमा निर्माण हुने जानकारी दिनुभयो । 

 

यस्तै कटवाखोलामा निर्माण थालिएको पुलको काम पनि अन्तिम चरणमा रहेको जानकारी दिनुभएको थियो । दुई पटक पुलको डिजाइन परिबर्तन गरिएको भन्दै सरकारी कार्यालयबाट काममा समस्या उत्पन्न भएको जानकारी गराउनुभएको थियो । 

 

यस्तै पत्रे खोलाको पुलको अहिलेसम्म डिजाइन प्राप्त हुन नसकेको जानकारी दिनुभएको थियो । काम सुरु गरेको लामो समय हुदासम्म पनि डिजाइन प्राप्त नहुदा काम गर्न ढिला भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो । यस्तै काम गरे पनि गएको असारदेखि सडक डिभीजन कार्यालयबाट रकम प्राप्त गर्न नसकेको जानकारी दिनुभएको थियो ।।   


 

प्रतिकृया दिनुहोस

प्रतिष्ठानमा संगिता भण्डारीको दादागिरी चल्यो : सांसद चौधरी

घोराही, १७ पुस/ सत्तारुढ दल नेकपाका सांसद् मेटमणी चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीले मनपरी गर्न थालेको टिप्पणि गर्नुभएको छ

SITENAME

राम्री घटनाप्रति दुख ब्यक्त, राहत उद्धारमा ध्यान दिन आग्रह 

घोराही, ७ पुस/ राष्ट्रपति बिद्यादेवी भण्डारीले दाङमा बिद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन

सुबास पुनको हत्या आरोपमा चार जना पक्राउ 

दाङ, ५ पुस  जिल्ला प्रहरी कार्यालय दाङले सुबास पुन मगरको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका—१३ तुरुन्तपुरका