ताजा खबर

जनजातीको आन्दोलन जारी छ ः अध्यक्ष बराम 

SITENAME


घोराही, १८ जेठ ।
नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष जगत बरामले जनजातीहरुको आन्दोलन अझै जारी रहेको बताउनुभएको छ । नेपाल आदिबासी जनजाती जिल्ला समन्वय परिषद् दाङले गरेको समसामयिक परिस्थितिका बिषयमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बरामले यस्तो बताउनुभएको हो ।

 

संविधान जारी भएदेखि संशोधनका लागि सडकमा आएको स्मरण गर्दै अध्यक्ष बरामले आन्दोलन रुपमा परिबर्तन भएको मात्रै जानकारी दिनुभयो । आन्दोलन फरक÷फरक हुन सक्छन् अध्यक्ष बरामले भन्नुभयो हामी अहिले पनि आन्दोलनमै छौँ । 

 

नेपाल आदिबासी जनजाती जिल्ला समन्वय परिषद्का अध्यक्ष रामबहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बरामले सरकारले जनजातीका माग सुन्ने बिश्वास गर्नुभयो । यस्तै कार्यक्रममा उपाध्यक्ष गोबिन्द छन्त्यालले जनजातीले उठाउँदै आएका धर्मनिरपेक्ष र समाबेशीको बिषयको सुनवाई भएको भन्दै सरकारले अन्य माग पनि पुरा गर्ने बताउनुभएको थियो ।

 

कार्यक्रममा आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्का सल्लाहकार नारायणप्रसाद श्रेष्ठ, फोनिज दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, कानूनी सल्लाहकार दिपक थापाले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव लिलारम चौधरीले गर्नुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल प्रेस युनियन दाङको अध्यक्षमा सुबेदी 

घोराही, २३ असोज/ नेपाल प्रेस युनियन दाङको अध्यक्षमा सन्तोष सुबेदी चयन हुनुभएको छ । युनियनको आज भएको अधिवेशनले सुवेदीको अध्यक्षता २१ सदस्यीय नयाँ

SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले

SITENAME

सरकारको बिरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

दाङ, १५ साउन । सरकारको काम जनबिरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकबादउन्मुख भएको भन्दै