ताजा खबर

दुई महिनादेखि सर्वोच्च अदालत कामचलाउ नेतृत्वमा

SITENAME

दाङ, २० जेठ ।

करिब दुई महिनादेखि सर्वोच्च अदालत कामचलाउ नेतृत्वमा चलिरहेपनि सरकारले भने प्रधानन्यायाधीश नियुक्त नगरेर संवैधानिक व्यवस्थाको उल्लंघन गरेको छ ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादले पद रिक्त रहेको प्रधानन्यायाधीश पदमा कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

 

तर, न्यायपरिषदले तीन जना न्यायाधीशको नाम संवैधानिक परिषदलाई सिफारिसका लागि पठाएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक नबोलाएर संवैधानिक व्यवस्थाको धज्जी उडाउनुभएको छ । संविधानको धारा २८४ को उपधारा (३) को प्रतिबन्धात्मक वाक्यांश र धारा १२९ को उपधारा (६) अनुसार सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीले १ एक महिनाभन्दा बढि अवधि कायममुकायम प्रधान न्यायाधीशको हैशियतमा कार्य गर्न नमिल्ने व्यवस्था छ ।

 

संबैधानिक परिषदले प्रधान न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम उक्त रिक्त पद पुर्तिकालागि सिफारिस गर्नु पर्ने उल्लेख छ । तर, संसद नियमावली र संसदीय सुनुवाई समिति गठन नभएको बहानामा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नबोलाएको न्यायपरिषद सदस्यले गुनासो समेत गरेका छन् ।

 

यसअघि गत बुधबार मात्रै अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नियुक्ति गर्न ढिलाई गरेको भन्दै बुधबार रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

घोराहीमा नक्कली नोटको कारोबार, ५ सयका १२ थान नोट बरामद

घोराही, २८ जेठ । दाङको घोराहीमा नक्कली रुपैयाँको कारोबार हुने गरेको फेला परेको छ । घोराहीको एक भाडाँ पसलले भारतिय रुपैयाँ साट्दा नेपाली ५ सय रुपैयाँ

SITENAME

विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण

दाङ, २२ जेठ । विभिन्न प्रजातिका एक सय बढी बिरुवा रोपेर सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङले विश्व वातावरण दिवस मनाएको छ । ४६ औ विश्व वातावरण

SITENAME

स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता

रोल्पा, २२ जेठ । स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै