ताजा खबर

संबिधान संशोधन मार्फत् माग पुरा हुन्छ ः रोका मगर 

SITENAME


घोराही, २० जेठ ।
नेपाल मगर संघका अध्यक्ष नबीन रोका मगरले संबिधान संशोधन मार्फत् जनजातीका माग पुरा हुने बताउनुभएको छ । नेपाल मगर संघ दाङले आयोजना गरेको गोष्ठीमा प्रशिक्षणात्मक भनाई राख्दै अध्यक्ष रोकाले यस्तो बताउनुभएको हो ।

 

गणतन्त्र ल्याउनका लागि सिंगो जनजातीहरुको भुमिका रहेको भन्दै संबिाधान संशोधनका लागि विगतमा आन्दोलन गरेको स्मरण गर्दै अहिले पनि संघर्षमै रहेको बताउनुभएको थियो । बदलिदो समयंगै आन्दोलनका चरण बदलिएका भन्दै संबिधान संशोधनको मुद्धालाई प्रमुख बनाएको बताउनुभएको थियो । 

 

धर्म निरपेक्ष र जनसंख्याका आधारमा समानुपातिक ब्यबस्था जनजातीहरुको आन्दोलनले सफल भएको भन्दै प्रदेशको सिमांकन र नामाकरण मार्फत् माग पुरा हुने बताउनुभएको थियो । नेपाल मगर संघ दाङका अध्यक्ष सितलाल पुनको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

 

त्यसअबसरमा नेकपाका नेता प्रेमबहादुर थापा, नेपाल मगर संघ दाङका पुर्ब अध्यक्षहरु जितबहादुर बुढा मगर, सतबहादुर रोका मगर, पुर्णकुमारी पुन मगर, नेपाल मगर संघका पुर्ब सचिब केबी घर्ती मगरले जिज्ञासा राख्नुभएको थियो । गोष्ठीको सहजीकरण जिल्ला सचिब डिल्ली घर्ती मगरले गर्नुभएको थियो ।। 
 

प्रतिकृया दिनुहोस
SITENAME

स्थानिय सरकारलाई सभामुख महराको सुझाब ः विपन्न गाउँबाट विकास थाल्नुस

घोराही, ६ असार । संघिय संसदका सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीहरुबाट विकास थाल्न सुझाब दिनुभएको छ ।   घोराही उपमहानगरपालिकाका प्रमुख सहित

SITENAME

प्रधानमन्त्री ओली चीन प्रस्थान 

घोराही, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका लागी चिन प्रस्थान गर्नुभएको छ । मन्त्रिमण्डलका ४ जना मन्त्रीसहित १ सय १९ सदस्यीय

SITENAME

प्रदेश नम्बर पाँचको बजेट २८ अर्ब ‘समृद्धि प्रदेश खुशी जनता’

घोराही, १ असार । प्रदेश नम्बर पाँचको प्रदेश सरकारले आगामी बर्षका लागि २८ अर्ब ९ करोड तीन लाख बराबरको बजेट आज सार्बजनिक भएको छ । आर्थिक मामिला तथा योजना