ताजा खबर

संबिधान संशोधन मार्फत् माग पुरा हुन्छ ः रोका मगर 

SITENAME


घोराही, २० जेठ ।
नेपाल मगर संघका अध्यक्ष नबीन रोका मगरले संबिधान संशोधन मार्फत् जनजातीका माग पुरा हुने बताउनुभएको छ । नेपाल मगर संघ दाङले आयोजना गरेको गोष्ठीमा प्रशिक्षणात्मक भनाई राख्दै अध्यक्ष रोकाले यस्तो बताउनुभएको हो ।

 

गणतन्त्र ल्याउनका लागि सिंगो जनजातीहरुको भुमिका रहेको भन्दै संबिाधान संशोधनका लागि विगतमा आन्दोलन गरेको स्मरण गर्दै अहिले पनि संघर्षमै रहेको बताउनुभएको थियो । बदलिदो समयंगै आन्दोलनका चरण बदलिएका भन्दै संबिधान संशोधनको मुद्धालाई प्रमुख बनाएको बताउनुभएको थियो । 

 

धर्म निरपेक्ष र जनसंख्याका आधारमा समानुपातिक ब्यबस्था जनजातीहरुको आन्दोलनले सफल भएको भन्दै प्रदेशको सिमांकन र नामाकरण मार्फत् माग पुरा हुने बताउनुभएको थियो । नेपाल मगर संघ दाङका अध्यक्ष सितलाल पुनको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

 

त्यसअबसरमा नेकपाका नेता प्रेमबहादुर थापा, नेपाल मगर संघ दाङका पुर्ब अध्यक्षहरु जितबहादुर बुढा मगर, सतबहादुर रोका मगर, पुर्णकुमारी पुन मगर, नेपाल मगर संघका पुर्ब सचिब केबी घर्ती मगरले जिज्ञासा राख्नुभएको थियो । गोष्ठीको सहजीकरण जिल्ला सचिब डिल्ली घर्ती मगरले गर्नुभएको थियो ।। 
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले

SITENAME

सरकारको बिरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

दाङ, १५ साउन । सरकारको काम जनबिरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकबादउन्मुख भएको भन्दै

SITENAME

मुख्यमन्त्री र सभामुखसहित सबैको सुविधा बिधेयक पारित 

बुटवल, १४ साउन । प्रदेश ५ को आजको प्रदेशसभा बैठकले सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यको पारिश्रमिक सम्बन्धी बिधयेक