ताजा खबर

मिलेर अघि बढ्न दलका नेतालाई राष्ट्रपतिको आग्रह 

SITENAME


दाङ, २२ जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बृद्ध राष्ट्र निर्माणका लागि एक भएर अघि बढ्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको छ । राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछिको पहिलो भेटमा भण्डारीले मुलुकको पछिल्लो अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै संविधान कार्यान्वयन देखि सम्बृद्ध मुलुक निर्माणमा सहकार्य गर्न सुझाउनु भएको हो । 

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई रातीअबेर शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले बिगतमा झै राष्ट्र निर्माणको आगामी दिनमा समेत मिलेर अघि बढ्न सुझाउनुभएको हो । 

 

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीकाअनुसार, आर्थिक र सामाजिक सम्बृद्धि, दीगो शान्ति स्थापना कायम गर्न सवै आग्रह पूर्वाग्रह त्यागेर साझा एजेण्डामा एक हुन राष्ट्रपति भण्डारीको बिशेष जोड थियो । २ घण्टा लामो भेटमा राष्ट्रपति भण्डारीले लोकतन्त्र र गणतन्त्र स्थापनाका साथै निर्वाचनमा समेत मिलेर काम गर्न आग्रह गर्नुभयो ।

 

शिक्षाको गुणस्तर खस्किएको प्रति गम्भीर चासो व्यक्त गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र, राष्ट्रियता र देश प्रेम अभिबृद्धिका लागि समेत गुणस्तीय शिक्षा महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । शिक्षाको स्तर उकास्न एकजुट भएर लाग्नु पर्नेमा उहाँको बिशेष आग्रह गरेको अधिकारीले जानकारी दिनुभयो ।।

प्रतिकृया दिनुहोस

प्रतिष्ठानमा संगिता भण्डारीको दादागिरी चल्यो : सांसद चौधरी

घोराही, १७ पुस/ सत्तारुढ दल नेकपाका सांसद् मेटमणी चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीले मनपरी गर्न थालेको टिप्पणि गर्नुभएको छ

SITENAME

राम्री घटनाप्रति दुख ब्यक्त, राहत उद्धारमा ध्यान दिन आग्रह 

घोराही, ७ पुस/ राष्ट्रपति बिद्यादेवी भण्डारीले दाङमा बिद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन

सुबास पुनको हत्या आरोपमा चार जना पक्राउ 

दाङ, ५ पुस  जिल्ला प्रहरी कार्यालय दाङले सुबास पुन मगरको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका—१३ तुरुन्तपुरका