ताजा खबर

विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण

SITENAME


दाङ, २२ जेठ ।
विभिन्न प्रजातिका एक सय बढी बिरुवा रोपेर सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङले विश्व वातावरण दिवस मनाएको छ । ४६ औ विश्व वातावरण दिवसमा अवसरमा वन महासंघको कार्यालय परिसरमा रहेको खाली जग्गामा बृक्षरोपण गरि दिवस मनाईएको हो ।

 

 श्रीखण्ड, आप, लहरे अशोक,लिचि, अम्वा, कागती, कपुर र कल्की फूल लगायतका प्रजातिका एक सय बढी बिरुवा रोपिएको वन महासंघ दाङले जनाएको छ ।

 

बृक्षरोपणको शुरुवात गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले राज्यको निति अनुसार एक कर्मचारी एक फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई जिल्लाब्यापी रुपमा प्रभावकारी बनाउने गरी काम भइरहेको बताउनुभयो ।

 

बृक्षरोपणपछि सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बढ्दो वातावरण प्रर्दुषणका न्यूनिकरणका लागि बृक्षरोपण गर्नुभपर्नेेमा जोड दिनुभयो । 

 

उहाले बृक्षरोपण कार्यक्रमलाई अभियानकै रुपमा लगिने भन्दै अभियानलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । जिल्ला वन कार्यालय दाङका निमित्त प्रमुख मुकुन्दप्रसाद अधिकारीले बृक्षरोपणकालागि कार्यालयले यो बर्षपनि जिल्लामा बिरुवा उत्पादन गरेको जानकारी दिनुभयो । 

 

कार्यक्रमको सहजिकरण सामुदायिक वन उपभोक्ता महासंघ दाङका सचिव हेमराज शर्माले गर्नु भएको थियो । सामुदायिक वन उपभोक्ता महासंघको आयोजना र जिल्ला वन कार्यालय दाङको सहयोगमा बृक्षरोपण गरिएको महासंघले जनाएको छ ।।  
 

प्रतिकृया दिनुहोस
SITENAME

घोराहीमा नक्कली नोटको कारोबार, ५ सयका १२ थान नोट बरामद

घोराही, २८ जेठ । दाङको घोराहीमा नक्कली रुपैयाँको कारोबार हुने गरेको फेला परेको छ । घोराहीको एक भाडाँ पसलले भारतिय रुपैयाँ साट्दा नेपाली ५ सय रुपैयाँ

SITENAME

स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता

रोल्पा, २२ जेठ । स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै

SITENAME

मिलेर अघि बढ्न दलका नेतालाई राष्ट्रपतिको आग्रह 

दाङ, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बृद्ध राष्ट्र निर्माणका लागि एक भएर अघि बढ्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको छ ।