ताजा खबर

शौचालय सहितको सुविधा दिने गरी राप्ती यातायात सेवा प्रालि संचालनमा आउने÷प्रालिले ५ ओटा बस दाङ भित्र्यायो 

SITENAME



जीतसागर जी.एम.
घोराही, २३ जेठ ।
शौचालय सहितको सुविधा दिने गरी दाङमा राप्ती यातायात सेवा प्रालि संचालनमा आउने भएको छ । प्रालिले यात्रुहरुको मागलाई मध्यनजर गर्दै शौचालय सहितका बस संचालनमा ल्याउने भएको हो । प्रालिले तत्कालका लागि आज शौचालय सहितका ५ ओटा सुविधायुक्त बस ल्याएको छ । 

 

दुई बर्ष अघि स्थापना भएको राप्ती यातायात सेवा प्रालीले १२ ओटा शौचालय सहितका बस संचालनमा ल्याउने प्रालिका अध्यक्ष बिनोद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार प्रालिले अन्य थप सात ओटा शौचालय सहितका बस केहिदिन भित्रै ल्याउने भएको छ । 

 

करिब ८ करोडको लागनीमा १२ ओटा शौचालय सहितका सुविधा सम्पन्न बस ल्याउन लागेको उहाँले बताउनुभयो । राप्ती यातायात प्रालिले दाङमा केहिदिन भित्रै सेवा दिने अध्यक्ष शर्माले बताउनुभयो । बस गुडीरहेका बेला शौचालय जान कुनै कठिनाई नहुन भन्दै अध्यक्ष शर्माले गाडीमा मोबाईल चार्ज , बाइफाईको सुबिधा हुनुको साथै गुणस्तरिय खानाको लागि होटलको समेत ब्यबस्था हुने बताउनुभयो । 

 

लामो दुरीका गाडिहरुमा सेवाग्राहिको चाहनालाई ध्यानमा राखि राप्ती अञ्चलमै पहिलो पटक सुबिधा सम्पन्न शौचालय सहितका बसहरु ल्याएका प्रालिका सदस्य बंशिकुमार शर्माले बताउनुभयो ।। 
 

प्रतिकृया दिनुहोस
SITENAME

संसारकै सबैभन्दा सानो घर

वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा

SITENAME

प्रेम विवाह बन्यो मृत्युको कारण : फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या

अर्घाखाँची/ प्रेम विवाह घरपरिवारले अस्वीकार गरेपछि फेसबुकमा सुुसाइड नोट लेखेर अर्घाखाँचीका एक युवाले आत्महत्या गरेका छन्।  सन्धिखर्क नगरपालिका

SITENAME

घोराहीमा काँचो केरा पकाउन ‘राइपनिङ च्याम्बर’

घोराही, ५ जेठ । दाङको घोराहीमा मेसिनले केरा पकाउन सुरु गरिएको छ । काचो केरालाई विषादी प्रयोग गरेर पकाउँदा स्वास्थ्यमा असर पर्ने भएपछि मेसिनको प्रयोग