ताजा खबर

घोराहीमा नक्कली नोटको कारोबार, ५ सयका १२ थान नोट बरामद

SITENAME


घोराही, २८ जेठ ।
दाङको घोराहीमा नक्कली रुपैयाँको कारोबार हुने गरेको फेला परेको छ । घोराहीको एक भाडाँ पसलले भारतिय रुपैयाँ साट्दा नेपाली ५ सय रुपैयाँ नक्कली नोट दिएपछि यस्तो तथ्य बाहिर आएको छ । 

 

घोराही उपमहानगरपालिका १४ नयाँ बजारमा रहेको ओम भाँडा पसलका सञ्चालक अजय गुप्ता र अमित गुप्ताले बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्पेस निबासी फुर्सी पुनलाई ५ सयका १२ वटा नोट दिएका थिए । 

 

छोराले भारतबाट पठाएको साढे ७ हजार रुपैयाँ भारु सटहीका लागि फुर्सी उक्त भाँडा पसलमा गएको र उनिहरुले ५ सयका १२ वटा नक्कली नोट दिएको थिए । उक्त पैसाले घोराही १८ मसिनाका बमबहादुर कवर सँग बालुवा किन्ने क्रममा नक्कली नोट भएको थाहा भएको हो । 

 

उक्त नक्कली नोट दिने अजय र अमितले भने आफुहरुलाई पनि ग्राहकले दिएको दावि गरेका छन् तर उनिहरुले बिक्रि गरेको समानको बिल नभएको बताएका छन् । उनिहरुलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।।
 

प्रतिकृया दिनुहोस

प्रतिष्ठानमा संगिता भण्डारीको दादागिरी चल्यो : सांसद चौधरी

घोराही, १७ पुस/ सत्तारुढ दल नेकपाका सांसद् मेटमणी चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीले मनपरी गर्न थालेको टिप्पणि गर्नुभएको छ

SITENAME

राम्री घटनाप्रति दुख ब्यक्त, राहत उद्धारमा ध्यान दिन आग्रह 

घोराही, ७ पुस/ राष्ट्रपति बिद्यादेवी भण्डारीले दाङमा बिद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २३ जनाको निधन

सुबास पुनको हत्या आरोपमा चार जना पक्राउ 

दाङ, ५ पुस  जिल्ला प्रहरी कार्यालय दाङले सुबास पुन मगरको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका—१३ तुरुन्तपुरका