ताजा खबर

सवारी दुर्घटना न्यूनिकरण गर्न सडक अनुशासन अनिवार्य

SITENAME


घोराही, २९ जेठ ।
बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि सडक अनुशासनमा सरोकारवालाहरुले जोड दिएका छन् । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले आज आयोजना गरेको ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता साथै सवारी दुर्घटना न्यूनिकरण बिषयक कार्यक्रममा बोल्ने बक्ताहरुले सडक अनुशासन र ट्राफिक नियमको अक्षरस पालना गर्नुपर्नेमा जोड दिएका हुन् ।

 

अन्य जिल्लाको तुलनामा दाङमा अत्यधिक सवारी दुर्घटना हुने गरेको भन्दै सरोकारवालाहरुले सबै पक्षले ट्राफिक नियमको पालना गर्दै सडक अनुशासन कायम राख्नुपर्ने बताए । 

 

५ नम्बर प्रदेशप्रहरीकार्यालयका प्रमुख डिआईजी शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुरका न्यायधिस महेश शर्मा पौडेलले कानुन कार्यान्वयन र ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटना रोकिने बताउनुभयो ।

 

त्यसैगरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक नियमको अक्षरस पालना हुनुपर्ने बताउनुभयो । नियम पालनामा चालक नै बढी जिम्मेवार हुनुपर्ने भन्दै चालक र यातायात व्यवसायीहरुले नै अन्यलाई पनि सिकाउनु पर्ने र राज्यका निकायहरुले सडकलाई भरपर्दो बनाउनु पर्नेमा जोड दिनुभयो । 

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बढ्दो सवारी दुर्घटनालाई रोक्न सडक सुधार, चालक र पैदल यात्रुको अनुशासन, गाडीको अबस्था ठिक हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा डिआईजी बस्नेतले भएका स्रोत साधन र जनशक्तिलाई अधिकतम प्रयोग गर्दै सडक अनुशासन कायम गर्न आफुहरु सकृय रहेको बताउनुभयो ।

 

साथै उहाँले मातहतका प्रहरीहरुलाई ट्राफिक नियमको कडाईका साथ पालना गर्न निर्देशन समेत दिनुभयो । सम्मेलनमा पाँच नम्बर प्रदेशका १२ जिल्लाका अधिकृत तहका करिब दुई सय बढि प्रहरीको सहभागिता रहेको थियो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

कम्लहरी बालिका अस्मिताको हत्यारालाई कार्बाही गर्न माग

जीतसागर जी.एम./ घोराही, ६ असार । मुक्त कम्लहरी बिकास मञ्चले कम्लहरी बालिकाको बर्दियामा हत्या भएको भन्दै उचित छानविन र दोषिलाई कडा कारबाहीको माग

SITENAME

घर फर्किहाल्छ कि भन्ने बेपत्ता परिवारको झिनो आशा अझै

रोल्पा, ५ असार। सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै

SITENAME

कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न दुर्घटना बीमा

दाङ, ५ जेठ  बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।   कृषकलाई कृषि बीमाप्रति आकर्षण