ताजा खबर

घोराही कारागारमा क्षमता भन्दा पाँच गुणा बढी

SITENAME


घोराही, २९ जेठ ।
दाङको घोराहीमा रहेको कारागारमा क्षमता भन्दा पाँचगुणा वढि कैदीबन्दीहरु रहेका छन् ।  ५० जनाको क्षमता रहेको घोराही कारागारमा हाल दुई सय ४८ जना कैदीबन्दी रहेका छन् । 

 

क्षमता भन्दा वढि कैदीबन्दी कोचिएर बस्नु र सुत्न पर्दा निकै अप्ठोरो भएको कारागारका चौकिदार डिपलब सेनले बताउनुभयो । ५० जनाको क्षमता रहेको कारागारमा ४ वटा शौचालय रहेका छन । 

 

जसमा दुई सय ४८ जनाले शौच गर्नुपर्ने भएकाले विहान भरी शौचका लागि लाईन बस्नुपर्ने वाध्यता रहेको उहाँले बताउनुभयो । त्यसैगरी दुई जना सुत्ने कोठामा ६ जना सम्म सुत्नु पर्ने बाध्यता रहेकाले कैदीबन्दीको दैनिकी कष्टकर रहेको उहाँको भनाई छ ।

 

भौतिक संरचना अभावका कारण कैदीबन्दीहरुले यस्तो समस्या भोग्नु परिरहेको कारागार प्रमुख काशीराम वंलीले बताउनुभयो । उहाँका अनुसार हाल कारागार कार्यालयमा एक सय ६५ जना कैदी र ८३ जजा बन्दी रहेका छन् । 

 

जसमा सबैभन्दा धेरै कर्तव्य ज्यानमा हजाय भोगीरहेका ४४ कैदी र २५ बन्दी, जवरजस्तीकरणीमा ५८ कैदी र २३ बन्दी, लागु औषधमा ९ कैदी र ९ बन्दी रहेका छन् । साथै कारागार घोराहीमा लागु औषध, जवरजस्तीकरणी, सवारी ज्यान गरी ७ जना विदेशी नागरिकहरुले सजाय काटिरहेका छन् ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

दोस्रो बिहेका श्रीमानसंग चिनजान नै छैन् : निरमाया

जीतसागर जी.एम. जीवनमा संगै बाँँच्ने संगै मर्ने संगै सहयात्रा गर्नका लागि श्रीमान श्रीमतीको बैबाहिक जीवनको शुरुवात हुन्छ । सुखदुखमा  एक अर्कालाई

SITENAME

डा. केसी र सरकारबीचको जुहारी १६ औं दिनमा

घोराही, ३१ असार । चिकित्साशिक्षा र सेवा सुधारको मागगर्दै प्रा.डा. गोविन्द केसी जुम्लामाअनशन बसेको आज १६ दिनभएको छ । उहाँको माग सम्बोधनकालागि सरकार

SITENAME

राजनितिक आधारमा न्याय प्रभावित हुनुहुदैन ः मुख्यमन्त्री पोख्रेल

घोराही, २९ असार । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राजनितिको आधारमा न्याय प्रभावित हुन नहुने बताउनुभएको छ । सर्बोच्च अदालत न्यायमा