ताजा खबर

नेपाल र चीन सरकारद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको एकसाथ घोषणा

SITENAME

काठमाडौं । नेपाल र चीन सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको एकसाथ घोषणा गरेका छन् ।

परराष्ट्र मन्त्रालयले ओलीको चीन भ्रमणको औपचारिक मिति तय गर्दै भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै गर्दा चीनको परराष्ट्र मन्त्रालयले समेत प्रधानमन्त्री ओलीको भ्रमणबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनियाँ राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेतासँग भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ ।

मन्त्रालयले भ्रमणको मिति तय गर्दा चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता गेङ श्वाङले प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्षस्थ चिनियाँ नेतासँग भेटवार्ता गर्ने जानकारी दिएका छन् ।

चीनियाँ परराष्ट्र प्रवक्ता गेङ श्वाङले प्रधानमन्त्री ओलीको बेइजिङ यात्रा बेल्ट एण्ड रोड इनिसिएटिसको मार्गचित्रभित्र नेपाल–चीनबीचको गहन सहयोग, बलियो राजनीतिक सम्बन्ध, आर्थिक तथा व्यापारिक, पूर्वाधार, विपदपछिको पुनःनिर्माण तथा मानवीय सहयोगका साथै द्विपक्षीय सम्बन्ध विकासको नयाँ उचाइ निर्माणमा उपयोगी हुने विश्वास लिएको दावी गरेका थिए ।

भ्रमणले दुवै देशका नेताका लागि आगामी योजना तथा नयाँ अवस्था अनुरूप चीन–नेपाल सम्बन्ध विकासका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको प्रवक्ता गेङको बुझाई छ । प्रधानमन्त्री ओलीले असार ५ देखि १० गतेसम्म चीनको भ्रमण गर्नु हुने तय भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

कम्लहरी बालिका अस्मिताको हत्यारालाई कार्बाही गर्न माग

जीतसागर जी.एम./ घोराही, ६ असार । मुक्त कम्लहरी बिकास मञ्चले कम्लहरी बालिकाको बर्दियामा हत्या भएको भन्दै उचित छानविन र दोषिलाई कडा कारबाहीको माग

SITENAME

घर फर्किहाल्छ कि भन्ने बेपत्ता परिवारको झिनो आशा अझै

रोल्पा, ५ असार। सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै

SITENAME

कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न दुर्घटना बीमा

दाङ, ५ जेठ  बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।   कृषकलाई कृषि बीमाप्रति आकर्षण