ताजा खबर

परिचय पत्र वितरण कार्य प्रभाकारी बनाउन माग


घोराही, ३० जेठ ।
मुक्त कम्लहरी बिकास मञ्चले मुक्त कम्लहरी परिचय पत्र बितरण कार्य प्रभाकारी बनाउन माग गरेको छ । मञ्चले आज भुमिसुधार कार्यालय दाङका प्रमुख मानबहादुर कुवरलाई ज्ञापन पत्र बुझाउँदै परिचय पत्र प्राप्त गर्ने विधि र प्रक्रियालाई सहज बनाउन आग्रह गरेको हो । 

 

मुक्त कम्लहरी बिकास मञ्च दाङका अध्यक्ष पुष्पा चौधरीले भुमिसुधार कार्यालय प्रमुख मानबहादुर कुवरलाई ज्ञापनपत्र बुझाउँदै आउँदो भदौसम्ममा परिचय पत्र बितरण गरिसक्न आग्रह गर्नुभयो । दाङमा मुक्त कम्लहरीहरु परिचयपत्र बितरण शुरु भएको एक बर्ष बितिसक्दा समेत सन्तोषजनक रुपमा बितरण हुन नसककोप्रति उहाँले गुणासो गर्नुभयो ।

 

मुक्त कम्लहरी बिकास मञ्चले जिल्लाको एक ठाउँबाट मात्र परिचयपत्र बितरण गर्दा समस्या भएको भन्दै स्थानीय तहमा परिचयपत्र प्राप्त गर्ने बाताबरण मिलाउन कार्यालय प्रमुख कुवरलाई आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै  भुमिसुधार कार्यालय प्रमुख कुवरले जनशक्ति अभावका कारण परिचयपत्र बितरण ढिलाई भएको बताउनुभयो । उहाँले परिचय पत्र बितरणमा सहजता ल्याउनका लागि स्थानीय तहसंग सहकार्य गरिने बताउनुभयो । 

 

दाङमा भदौदेखि हालसम्म पाँच सय २३ जनाले मुक्त कम्लहरी परिचय प्राप्त गरेका छन् । जिल्लामा सरकारबाट स्विकृत मुक्त कम्लहरीको संख्या २ हजार ९ सय ४२ रहेकोमा हालसम्म पाँच सय २३ जनाले मात्रै परिचय प्राप्त गरेको मञ्चले जनाएको छ । मञ्चले आज दाङ सहित बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका भुमिसुधार कार्यालय प्रमुखलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

कम्लहरी बालिका अस्मिताको हत्यारालाई कार्बाही गर्न माग

जीतसागर जी.एम./ घोराही, ६ असार । मुक्त कम्लहरी बिकास मञ्चले कम्लहरी बालिकाको बर्दियामा हत्या भएको भन्दै उचित छानविन र दोषिलाई कडा कारबाहीको माग

SITENAME

घर फर्किहाल्छ कि भन्ने बेपत्ता परिवारको झिनो आशा अझै

रोल्पा, ५ असार। सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै

SITENAME

कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न दुर्घटना बीमा

दाङ, ५ जेठ  बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।   कृषकलाई कृषि बीमाप्रति आकर्षण