ताजा खबर

पानीको स्रोतको अभावमा पिउने पानीको समस्या

SITENAME


घोराही, ३० जेठ ।
पानीको श्रोत अभाव हुदा पश्चिम दाङका दुई गाउँपालिकाका स्थानीयहरु पिउने पानीबाट बञ्चित भएका छन् । पञ्चकुले खानेपानी तथा सरसफाई उपभोक्ता समुहले बितरण गर्दै आएको पानीको श्रोतको अभाव भएपछि यस्तो समस्या भएको हो ।

 

शान्तिनगर गाउँपालिमा सडक निर्माणका क्रममा पानीको मुहान पुरिएपछि यस्तो समस्या आएको हो । खानेपानीको मुहान रहेको क्षेत्रमा सडक निर्माण भएपछि पानीको मुहान पुरिएको र पहिरो जादा झनै समस्या भएको खानेपानीका अध्यक्ष हिरा थापाले जानकारी दिनुभयो । 

 

पानीको श्रोत पनि कम रहेको भन्दै रिजर्भ ट्यांकीसम्म पानी जम्मा गर्नका लागि पनि दुई ईञ्चको पाइप लाइन भएकाले समस्या रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । २०४५ साल अगाडि निर्माण गरिएको खानेपानीका सबै संरचना पुराना भएको भन्दै पुनःनिर्माण रहेको सचिव टंकराज रेग्मीले जानकारी दिनुभएको छ । 

 

उक्त खानेपानी उपभोक्ता समुहले शान्तिनगर गाउपालिका वडा नम्बर १ र बबई गाउँपालिका वडा नम्बर ६ मा खानेपानी बितरण गर्दै आएको छ । ६६ वटा सार्बजनिक धारा बितरण गरेर सेवा सुरु गरेको समितिले हाल दुई सय बढी निजी धारा बितरण गर्दा पानीको समस्या भएको सचिब रेग्मीको भनाई रहेको छ । 

 

यसैबीच उपभोक्ताले भने कार्यसमितिको लापरबाहीका कारण समस्या भएको जनाएका छन् । स्थानीय उपभोक्ताले काम समयमै नसक्दा समस्या भएको बताएका छन् । यस्तै बबई गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामबहादुर डाँगीले तत्काल खानेपानीको ब्यबस्थापन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

कम्लहरी बालिका अस्मिताको हत्यारालाई कार्बाही गर्न माग

जीतसागर जी.एम./ घोराही, ६ असार । मुक्त कम्लहरी बिकास मञ्चले कम्लहरी बालिकाको बर्दियामा हत्या भएको भन्दै उचित छानविन र दोषिलाई कडा कारबाहीको माग

SITENAME

घर फर्किहाल्छ कि भन्ने बेपत्ता परिवारको झिनो आशा अझै

रोल्पा, ५ असार। सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै

SITENAME

कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न दुर्घटना बीमा

दाङ, ५ जेठ  बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।   कृषकलाई कृषि बीमाप्रति आकर्षण