ताजा खबर

बिद्युत् सुधार गर्न ब्यबसायीद्वारा जनप्रतिनिधिको ध्यानाकर्षण 

SITENAME


दाङ, ३१ जेठ ।
दाङको तुलसीपुर क्षेत्रमा भइरहेको बिद्युत् अनियमितताको तत्काल अन्त्य गर्नुपर्ने भन्दै आज तुलसीपुर उद्योग बाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बिद्युत् कार्यालयको चरम लापरबाही र आन्तरिक लोडसेडिङले ब्यबसायी र आम नागरिकहरु आजित भएको भन्दै सेवा सुधारका लागि पहल गर्न मेयर घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाइएको हो । 

 

तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष बिरबहादुर रावतको नेतृत्वमा उपमहानगरपालिका पुगेको उद्योगी ब्यबसायीहरुको टोलीले बिद्युत्को समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो । 

 

ज्ञापनपत्र बुझिकेपछि  मेयर पाण्डेले तत्कालै उर्जा मन्त्री बर्षमान पुनसंग फोन सम्पर्क गरी बिद्युुतको समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । यसअघि तुलसीपुर उद्योग बाणिज्य संघले तुलसीपुरमा रहेको बिद्युत् प्राधिकरणलाई एक हप्तासम्म सेवा सुधार गर्न भन्दै ज्ञापन पत्र बुझाएको थियो ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।

SITENAME

बाँकी पाँच प्रदेश नामाङ्कन कहिले ?

घोराही, १९ साउन । मुलुक संघियतामा गएको लामो समय भइसक्दा समेत ५ प्रदेशको नामाकरण अझै हुन सकेको छैन । गण्डकी र कर्णालीबाहेक सबै प्रदेश आफ्नो नम्बरकै

SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले