ताजा खबर

सरकारलाई कांग्रेसको चेतावनीः संसद छाडेर जानु नपरोस्

SITENAME

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको हो ।

संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए ।

 

सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्ने उनको जोड छ । ‘नियम छ, कानुन छ, संविधान छ । नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न हामी आएका हौं,’ उनले भने, ‘सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।’

 

संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको भन्दै उनले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न आग्रह गरे ।

 

संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने उनको चेतावनी छ ।

 

संसदमा विपक्षीका हरेक २० सांसदको अगाडि सत्ताको ५५ जना सांसद रहेपनि मतदातामा कांग्रेसका २० हुँदा सत्तापक्षको २७ मात्र रहेको हिसाव सुनाउँदै उनले भने, ‘संसदमा ठाउँ नपाइने, संविधान कुल्चिने, दुई तिहाइको दम्भबाट जबरजस्ती काम हुने हो भने हामीले २० ले ५५ होइन, २७ सँग जुध्ने गरी बाहिर जानु पर्ने बाध्यता सिर्जना नहोस् । संविधानको मर्ममा काम होस् ।’

प्रतिकृया दिनुहोस
SITENAME

कम्लहरी बालिका अस्मिताको हत्यारालाई कार्बाही गर्न माग

जीतसागर जी.एम./ घोराही, ६ असार । मुक्त कम्लहरी बिकास मञ्चले कम्लहरी बालिकाको बर्दियामा हत्या भएको भन्दै उचित छानविन र दोषिलाई कडा कारबाहीको माग

SITENAME

घर फर्किहाल्छ कि भन्ने बेपत्ता परिवारको झिनो आशा अझै

रोल्पा, ५ असार। सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै

SITENAME

कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न दुर्घटना बीमा

दाङ, ५ जेठ  बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।   कृषकलाई कृषि बीमाप्रति आकर्षण