ताजा खबर

मध्यरात राप्ती नदी दोहन : जथाभावी डाेजर प्रयोग नगर्न स्थानीयको चेतावनी

SITENAME

हुलाकी सडक र सिक्टा सिँचाइ आयोजनाको नाममा डाेजरकोे सहायताले राप्ती र अन्य खोलाको दोहन भइरहेको छ । राप्ती नदी र खोलामा डाेजर प्रयोग गरी नदी तथा खोलाजन्य वस्तु उत्खनन हुन थालेपछि स्थानीयले रोक्न माग गरेका छन् ।

 

आयोजना र परियोजनाको नाममा ठेकेदार कम्पनी र क्रसर उद्योगले कानुन विपरित नदी र खोलामा एक्जाभेटर प्रयोग गर्दा वातावरणमा असर परेको भन्दै उनीहरुले एक्जाभेटर प्रयोगमा रोक लगाउन माग गरेका हुन् । एक्जाभेटर प्रयोग गर्दा नदी तथा खोला गाउँमा पस्ने सम्भावना बढेपछि स्थानीयले एक्जाभेटर प्रयोगमा रोक लगाउन माग गरेका हुन् ।

 

राप्ती नदीमा एक्जाभेटर प्रयोग गरेपछि साविकको फत्तेपुर गाविस जोखिममा पर्ने खतरा बढेको भन्दै राप्तीसोनारी गाउँपालिका–६ र ७ का स्थानीयले गणपति कन्स्ट्रक्सन र कुमार श्रेष्ठ कन्स्ट्रक्स्नका तिन वटा एक्जाभेटर र २० वटा ट्रिपर नियन्त्रणमा लिएका छन् ।

 

नदीमा एक्जाभेटर प्रयोग नगर्न पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि बाध्य भएर नियन्त्रणमा लिएको राप्तीसोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुले बताए । ‘जुन ठाउँबाट बाढी पस्छ त्यहि ठाउँमा एक्जाभेटरको सहायताले नदीजन्य वस्तु उत्खनन् हुन थालेपछि नियन्त्रणमा लिन बाध्य भयौँ,’ उनले भने ।

 

उनले नियम विपरित नदीजन्य वस्तु उत्खनन् भइरहेको बताए । राप्ती नदीबाट अनधिकृत रुपमा नदीजन्य वस्तु उत्खनन् भइरहेको नियमनकारी निकायलाई जानकारी गराउँदासमेत नियन्त्रणको पहल नभएको उनले गुनासो गरे । ‘तल्लो तहले हारगुहार गर्दा समेत सुनुवाई नहुनुले यसमा उच्च सरकारी कर्मचारीको समेत हात भएको स्पष्ट हुन्छ,’ थारुले भने ।

 

स्थानीयले दिउँसो राप्ती नदीमा एक्जाभेटर प्रयोग गर्न नदिएपछि निर्माण कम्पनीले रातको समयमा नदीजन्य वस्तु उत्खनन गर्दै आएको खुलासा भएको छ । रातको समयमा नदीजन्य वस्तु उत्खनन गरिरहेका तीन वटा एक्जाभेटर र १५ वटा ट्रिपर राप्तीसोनारी गाउँपालिका–६ र ७ का स्थानीयले नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।

 

मध्यरातमा एक्जाभेटरमार्फत राप्ती नदीबाट बालुवा र गिट्टी उत्खनन गरिरहेका एक्जाभेटर र ट्रिपरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको राप्तीसोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुले बताए । राप्ती नदीमा एक्जाभेटर मार्फत रातको समयमा नदीजन्य वस्तु उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा नदीमा पुगेरे गाडीको चावी प्रहरीलाई बुझाएको उनले बताए ।

 

लुकिछिपी नदीजन्य वस्तु उत्खनन् गर्ने एक्जाभेटर मानिस देखेपछि भाग्ने गरेका छन् । ‘पहिलो पटक घेरा हालेर नियन्त्रणमा लिन खोज्यौँ, तर सफल भएनौँ । दोश्रो पटक घेरा हालेर नियन्त्रणमा लिन सफल भयौँ,’ उनले भने ।

 

प्रहरीको प्रयास पनि असफल
प्रहरीले दिउँसो नदीजन्य वस्तु उत्खननमा रोक लगाएपनि हुलाकी राजमार्गको पेटी ठेक्का लिएको गणपति कन्स्ट्रक्सनले रातको समयमा एक्जाभेटर मार्फत नदीजन्य वस्तु उत्खनन गरेको अस्थायी प्रहरी पोष्ट फत्तेपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन केसीले बताए । ‘एक्जाभेटरबाट उत्खनन गर्न दिनभर रोक्छौँ, रातको समयमा लुकीछिपी उत्खननको काम हुन्छ,’ उनले भने ।

 

उनले एक्जाभेटर मार्फत नदीजन्य वस्तु उत्खनन् गर्न नपाइने कानूनी व्यवस्था भएपनि निर्माण कम्पनीले दादागिरी देखाएर खुलेआम एक्जाभेटर प्रयोग गर्दै आएको बताए । उनले उत्खनन् गर्न नदिँदा निर्माण कम्पनीका दादाहरुबाट धम्की आउने गरेको बताए । ‘एक्जाभेटर चलाउन नदिने तँ को होस्, तेरो जागिरी खाई दिन्छु भन्ने सम्मको धम्की आउँछ,’ सहायक प्रहरी निरीक्षक केसीले भने ।

प्रतिकृया दिनुहोस
SITENAME

कम्लहरी बालिका अस्मिताको हत्यारालाई कार्बाही गर्न माग

जीतसागर जी.एम./ घोराही, ६ असार । मुक्त कम्लहरी बिकास मञ्चले कम्लहरी बालिकाको बर्दियामा हत्या भएको भन्दै उचित छानविन र दोषिलाई कडा कारबाहीको माग

SITENAME

घर फर्किहाल्छ कि भन्ने बेपत्ता परिवारको झिनो आशा अझै

रोल्पा, ५ असार। सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै

SITENAME

कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न दुर्घटना बीमा

दाङ, ५ जेठ  बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।   कृषकलाई कृषि बीमाप्रति आकर्षण