ताजा खबर

विवाहको १७ दिनमै सम्बन्ध बिच्छेद, फेरि एक हप्तामै पुनर्मिलन

SITENAME

आफूखुशी विवाह गरेका गुल्मीका एक जोडीहरु परिवारको दबाबपछि १७ दिनमै छुट्टिएका थिए ।

 

तर प्रेमका अगाडि केही टिकेन । आफूहरूको प्रेम सम्बन्ध र दुवै परिवारको दबाबबारे उनीहरू बोले । त्यही विभिन्न सञ्चार माध्यम समाचार आयो । समाचारपछि पनि उनीहरूमाथि दबाब भइरह्यो । तर हार खाएन यो जोडीले । पैसामा उनीहरूलाई छुट्टाउने बीच खैलाबैला भयो । सोमबार भयो उनीहरूको मिलन ।

 

सुरुमा हामीले घटनाक्रम मात्रै पस्केका थियौँ र जोडीको नाम काल्पानिक राखेका थियौँ, यसअघिको समाचारमा । उनीहरूमाथि थप दबाब र सुरक्षा खतरा नहोस् भनेर ।

 

उनीहरूले वैशाख २९ गते भागी विवाह गरे । १४ दिन भारत बसे । जेठ १३ गते डिभोर्स गराइयो । जेठ २८ गते पुनर्मिलन भयो । यही एक महिनामा उनीहरूको जीवनमा धेरै नै उथलपुथल भयो । उनीहरू हुन् गुल्मी दरबार गाउँपालिका ७ चारपालाका २४ वर्षीय खिम खत्री र धुर्कोटगाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया सुर्जा परियार ।

 

उनीहरू भागी विवाह गरेर भारतमा पुगेको थिए । तर एक महिना नपुग्दै परिवारजनको दबाब यति भयो कि छुटिनु पर्‍यो । कारण थियो– जातीय विभेद ।

 

सुर्जाले सदरमुकाम तम्घासमा कक्षा १२ मा पढ्दै थिइन् । त्यति नै पढेका खिम भारतमा काम गर्दथे । उनीहरूबीच सुरुमा फेसबुकमार्फत चिनजान भएको थियो । उनीहरूको भेट भयो, गएको चैत्र १६ देखि २६ गतेसम्म सम्पन्न तेस्रो गुल्मी महोत्सवमा ।

 

पहिलो भेटपछि उनीहरूबीच सामीप्यता झन् बढ्यो र दुवैजना भागी विवाह गरेर भारततिर लागे । भारतको हैरदाबादमा पुगेका उनीहरूलाई छुटाउन परिवारबाटै षडयन्त्र भयो ।

 

सुरुमा उनीहरूलाई फकाई फुल्याई घर झिकाइयो । उनीहरू ढुक्क हँुदै घर फर्किए । यता सुनौली नाकामा अभिभावकहरूले कुरेर बसेका थिए ।

 

त्यहाँबाट उनीहरूलाई गुल्मीको सदरमुकाम तम्घासस्थित एक होटेलमा ल्याएर राखियो । दुई दिनसम्म त्यस होटेलमा राखेर खिमका परिवारजनले अत्यन्तै दबाब दिए । त्यसपछि उनी सुर्जासँग छुटिन बाध्य भए 

प्रतिकृया दिनुहोस
SITENAME

हेलिकोप्टर दुर्घटनाः डोल्माको जिवितै उद्दार

 दाङ, २३ भदौ / नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।   गोरखाबाट

SITENAME

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

दाङ,१ भदौ । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो । गृह मन्त्रालयले समयमा काम पूरा

SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।