ताजा खबर

 दाङबाट ५० हजार बढी युवा बैदेशिक रोजगारीमा

SITENAME


जीतसागर जी.एम.
घोराही, २ असार
केहि दिन अघि ४÷५ जना युवाको एक हुल जिल्ला प्रशासन कार्यालय दाङ नजिकै रहेको एउटा फोटो स्टुडियोमा पस्यो । त्यसपछि फोटो स्टुडियो संचालकले सोधे तपाईहरुको के सेवा गरुम होला ? उनिहरुको सबैको एउटै जवाफ थियो र्– हामी पासपोर्ट बनाउन आएका छौँ , पासपोर्टको लागि फम दिनुस र फोटो पनि खिचिदिनुस् ।’

उमेरले ३० नाघेका ति युवालाई फोटो स्टुडियो संचालकले ति युवाहरुको काम गर्दै तपाईहरु कुन देशमा जाने हो भन्ने प्रश्न गरे । प्रश्नको जवाफ दिँदै उनिहरुले भनेर्–खै थाहा छैन् अब जता राम्रो ठाँउ हुन्छ त्यै ठाँउमा जाने होला,  नेपालमा बसेर केहि गर्न सकिएन् । ’
 
चुनाव पछि स्वदेशमै रोजगारीका अवसर पाईन्छन् भन्ने सुनिएको थियो तर के गर्नु जतापनि चिनजान र सोर्सफोस भन्दा केहि चल्दैन् । युवालाई स्वदेशमै रोजगारीको अवसर दिने भनि निर्वाचनका बेला प्रमुख दलहरुले चुनावी घोषणापत्रमा रंगिन सपना देखाएका थिए ।

 

हामीलाई जिताउनुस मात्रै स्वदेशमै रोजगारीका अवसर प्रदान गर्नेछौँ भनेर नारा त आजसम्म धेरै लगाइयो, सपना धेरै देखाइयो तर ती सपना साकार पार्न दलहरूले अझै पनि चुकिरहेका छन् ।

 

देशमा स्थापित कलकारखाना निजीकरणका नाममा बेचेर उर्जाशील युवालाई रोजगारीका लागि विदेश पलायन हुन बाध्य पारिएको अवस्था अझै पनि फेरिन सकेको छैन् ।

नेतृत्वमा बसेका राज नेताको भाषणमा युवालाई स्वदेशमै रोजगारीका अवसर दिन लागेको सुनिएपनि व्यवहारमा कार्यान्वयन भएको पाइदैन् । दाङबाट प्रतिनिधीत्व गर्ने धेरै नेता नेतृत्वतहमै भएपनि विदेश पलायन युवालाई रोक्ने कुनै प्रयास उपलब्धी मूलक भएको देख्न सकिएको छैन् ।

 

  ‘सुन साइली, साइली, परदेश बाट म आउँला..... ।

सुन साइली, साइली, चालिस कटेसी रमाउँला.....।।

सुन साइली, साइली, दियोमा तेलै हुरुरु ।

सम्झी कहिल्यै नरुनु ।

सुन साइली, साइली, परदेशबाट म आउँला ।

सुन साइली, साइली, चालिस कटेसी रमाउँला ।।’

 
स्वदेशमा रोजगारीको अवसर नभएपछि अहिले वैदेशिक रोजगारमा रहेका करिब ३८ लाख युवालाई गायक हेमन्त रानाको यो गीतले युवाहरुको यथार्त त बोलेपनि धन कमाउन र परिवारलाई खुशि राख्न धेरै युवा विदेशिन बाध्य छन् ।

स्वदेशमै घरपरिवार संगै रमाउँदै देशविकासमा लाग्ने कुन युवाको सपना छैन होला र ?  पछिल्लो समय मुलुक परिवर्तनको दिशातर्फ उन्मुख भएपनि युवापलायनको समस्या रोकिन सकेको छैन् ।

 

बैदेशिक रोजगारीका लागि  मलेशियामा रहेका तुलसीपुर उपममहानगरपालिका–पवननगरका तुलसी विवस केसीले संघिय अभ्यासमा रहेको नेपालमा तिन तहका सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने बातावरण बनाउन नसकेको गुणासो गरे ।

 

बैदेशिक रोजगारीमा दाङका ५० हजार बढी युवा

दाङबाट ६ वर्षको अवधिमा ५० हजार भन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् ।

आर्थिक वर्ष ०६८÷०६९ देखी २०७३÷७४  सम्ममा जिल्लाबाट ५३ हजार ७ सय ४७ जना वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासनका लागि सामी परियोजनाका परामर्श केन्द्र प्रमुख किरण पोखरेलले बताए । जसमा आर्थिक वर्ष ०६८÷६९ मा ५ हजार ७९ जना युवा बैदेशिक राजेगरीमा गएका थिए ।

 

 त्यस्तै आर्थिक वर्ष ०६९÷७० मा ८ हजार १ सय ९९ जना युवा विदेशिएको तथ्याङ्क छ । त्यस्तै आर्थिक वर्ष ०७०÷०७१ मा १० हजार १ सय ३९ जना युवा विदेशिएका थिए । त्यस्तै आर्थिक वर्ष ०७१÷७२ मा १० हजार ६ सय ३१ ज्ना युवा रोजगारीका लागि विदेशिएका थिए ।

 

त्यस्तै आर्थिक वर्ष ०७२÷७३ मा ८ हजार ५ सय ५ जना विदेशिएका थिए भने आर्थिक वर्ष २०७३÷७४ मा ११ हजार १ सय ९४ युवाले बैदेशिक रोजगारीको लागि श्रम स्विकृती लिएका थिए । यसरी बैदेशिक रोजगारीमा जाने १७ प्रतिशत महिला रहेको परियोजनाको तथ्याङ्कमा छ ।

 

वैदेशिक रोजगारीका लागि जाने दाङका ९० प्रतिशत युवाहरुको गन्तव्य मलेशिया बन्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । त्यसपछि खाडी मुलुक युएई, कतार, साउदी अरब, ओमन बहराईन लगाएतका देश वैदेशिक रोजगारीमा जाने युवाहरुको गन्तव्य बन्ने गरेको छ । त्यस्तै रोजगारीका लागि भारत पनि गन्तव्य स्थान भएपनि यसको तथ्याङ्क छैन् ।

 प्रदेश नम्बर ५ बाट बैदेशिक रोजगारीमा जाने जिल्ला मध्ये दाङ दोस्रो जिल्लाको रुपमा परेको छ । प्रदेश नम्बर ५ का १२ जिल्ला मध्ये वैदेशिक रोजगारीमा जाने पहिलो जिल्ला रुपन्देही र दास्रोमा दाङ रहेको तथ्याङ्क सार्वजनिक भएको हो ।

 

स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै नेपालबाट दैनिक १२ सय भन्दा बढी विदेशिने गरेका छन् । नेपालबाट वैदेशिक रोजगारीमा जाने जिल्लाका रुपमा भने दाङ १२ औँ जिल्लाका रुपमा रहेको सुरक्षित आप्रवासनका लागि सामी परियोजनाले जनाएको छ । दाङबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको पाईएको छ ।

आर्थिक वर्ष ०७२÷७३ मा ५६ दशमलव १५ प्रतिशत युवा बाहिरीएका थिए भने आर्थिक वर्ष ०७३÷७४ मा ३४ दशमलव २ प्रतिशले बढेर ९० दशमलव ३५ प्रतिशत रहेको छ । दैनिक रुपमा दाङबाट ३० जना बढी युवा विदेशिने गरेका छन् । बढ्दै गएको युवा पलायनलाई रोक्नका लागि कुनै पहल भएको पाईदैन् ।।      स्रोत : प्रदेश टुडे राष्ट्रिय दैनिक

प्रतिकृया दिनुहोस
SITENAME

सिपबिनै वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमि आएन्

बिमला घर्ती घोराही, ५ असार । नेपालमा प्रति दिन एक हजार दुई सय देखि एक हजार पाँच सय जना बैदेशिक रोजगारमा जाने गरेका छन् ।    ती मध्य करिव ७५ प्रतिशत

SITENAME

कामका लागि मलेसिया जाने प्रक्रिया स्थगन

दाङ, १२ जेठ । सरकारले मलेसियामा रोजगारीका लागि कामदार जाने प्रक्रिया स्थगन गरेको छ । अब भिसा लागिसकेका बाहेक अन्य कामदार तत्कालै मलेसियामा जान

SITENAME

रोजगारीका लागि मलेसिया जाने प्रक्रिया बन्द, व्यवसायीले रोके स्वास्थ्य परीक्षण

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण