ताजा खबर

सिपबिनै वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमि आएन्

SITENAME


बिमला घर्ती
घोराही, ५ असार ।
नेपालमा प्रति दिन एक हजार दुई सय देखि एक हजार पाँच सय जना बैदेशिक रोजगारमा जाने गरेका छन् ।

 

 ती मध्य करिव ७५ प्रतिशत सिप विना रोजागारको शिलशिलामा बिदेशिएको तथ्याङ्क छ । सिप नभएरै बिदेश जाँदा युवाहरु हरेक जोखिममा पर्ने गरेको सामी परियोजनाले वताएको छ ।

 

आर्थिक वर्ष २०७३÷०७४ मा मात्र तीन लाख ९८ हजार नौ सय ७८ जना वैदेशिक रोजनगारमा भएको तथ्याङ्क रहेको सामी परियोजनाले जानकारी दिएको छ । 

 

कार्यालयका अनुसार करिव चार प्रतिशत महिलाहरु बैदेशिक रोजगारमा गएको तथ्याङ्क छ । 

 

भने अवैध तरिकाले बाहिर जाने महिलाहरुको संख्या धेरै भएको सुरक्षित आप्रवासन परियोजना हेल्भेटास स्वीस इन्टरको अपरेशन नेपालका जिल्ला परियोजना संयोजक पञ्चराम चौधरीले जानकारी दिनुभयो ।

 

२०५१÷०५२ देखि आर्थिक वर्ष २०७३÷०७४ सम्म देशका बिभिन्न स्थानवाट ४८ लाख ९३ हजार नौ सय २७ जना बैदेशिक रोजगारमा गएका छन् ।

 

 दाङवाट आर्थिक वर्ष २०६८÷०६९ देखि २०७३÷०७४ सम्ममा ५३ हजार सात सय ४७ जनाले श्रम स्वीकृति लिएका छन् । पासपोर्ट वनाउनेहरुको संख्या एक लाख दुई हजार छ सय ४१ जना रहेकोे जानकारी दिएको छ । 

 

जसमा पासपोर्ट बनाउनेहरुमा जिल्ला प्रशासन कार्यालय घोराहीवाट ५५ हजार छ सय नौ जना, इलाका प्रशासन कार्यालय तुलसीपुरवाट ३४ हजार एक सय पाँच, इलाका प्रशासन कार्यालय लमहीवाट १२ हजार नौ सय २७ जना रहेका छन् ।

 

बैदेशिक रोजगारमा जाने युवा तथा युवतीहरुले भोग्नुपरेका चुनौतीहरुमा सही सूचनाको अभाव, गैर कानूनी रुपमा रहेका दलालहरुको विगविगी, सरकारले तोकेको भन्दा बढी रकम तिर्नु पर्ने बाध्यता, रकम तिरेको प्रमाण नपाउने,  रकम लिने तर बैदेशिक रोजगारमा  नपठाउने, पीडितहरुलाई न्यायमा समस्या रहेको हेल्भटास नेपालका संयोजक चौधरीले वताउनुभयो ।

 

यसैबीच गन्तव्य मुलुकमा भोग्नुपरेका समस्या तथा चुनौतीहरुमा गन्तब्य मुलुकको भाषा नजान्नु, हावापानी, आधराभूत कानून, वातावरण तथा संस्कृतिको वारेमा ज्ञान नभएको कारण सजायको भागेदार बन्नु, कागजपत्र विहिन भएर अवैधानिक कामदारमा फेरिनु, गन्तब्य मुलुकमा भनेको काम, कम्पनी र सुविधा नपाउनु तथा बाध्यात्मक श्रमको अवस्था जस्ता समस्या रहेका छन् ।

 

यस्ता समस्यालाई समाधानका लागि सामी परियोजना नेपालले पहल थालेको छ । जिल्लाका घोराही उपमहानगरपालिका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गाउँपालिकामा आवश्यकतामा आधारमा सेवा पु¥याउने काम गरेको परियोजना संयोजक किरण पोख्रेलले बताउनुभयो । 

 

उहाँका अनुसार जिल्लामा कार्यक्रम लागु भएदेखि अहिले सम्म नौ हजार नौ सय १० जनालाई सुचना तथा परामर्श सेवा प्रदान गरिएको छ । 

 

जसमा महिला एक हजार छ सय ७५ तथा पुरुष आठ हजार दुई सय ३५ जनालाई सेवा प्रदान गरेको जानकारी दिइएको छ । 

 

दुई सय १३ वटा बैदेशिक रोजागारका पिडितहरुको मुद्दा सूचना केन्द्रमा दर्ता भएका मध्य एक सय ४९ वटा मुद्धा न्याय प्रदान गर्न सहजीकरण गरेको प्रमुख पोेख्रेलले जानकारी दिनुभयो ।

 

अहिलेसम्म जिल्लाका ३८ जना पीडितहरुलाई तीन करोड २३ लाख ३९ हजार वरावरको क्षतिपुर्ती उपलव्ध गराउन सफलभएको जानकारी दिनुभयो ।

 

 एक सय ५९ जनाले बैदेशिक रोजगार सम्बन्धि निःशुल्क तालिम प्राप्त गरेका छन् । बैदेशिक रोजगारलाई स्थानीय तहले मर्यादित र व्यवस्थित गर्नुपर्ने देखिएको छ । 

 

जसका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को (दफा  ११) उपदफा (थ) मा बैदेशिक रोजगार सम्बन्धि भएको ब्यवस्था गरिएको छ ।

 

अव स्थानीय तहले रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्यांक संकलन, प्रशोधन र सुचना प्रणालीको स्थापना्, स्थानीय स्तरमा रहेका स्वदेशी तथा बिदेशी श्रमिकको लगत संकलन तथा सुचना ब्यबस्थापना, बिभिन्न क्षेत्र तथा बिषयका जनशक्तिको तथ्यांक संकलन तथा ब्यबस्थापन, सुरक्षित बैदेशिक रोजगारी र बैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्यांकको संकलन तथा ब्यवस्थापन गर्नुपर्ने भएको छ ।

 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को (दफा  ११) उपदफा (थ) मा बैदेशिक रोजगार सम्बन्धि भएको ब्यवस्था अनुसार स्थानीय तहले रोजगार सुचना केन्द्रको ब्यवस्थापन तथा सञ्चालन, बैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तिय साक्षरता र सीपमूलक तालिमको सञ्चालन, बैदेशिक रोजगारीबाट फर्केका ब्यक्तिहरुको सामाजिक पुनः एकिकरण, बैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोगमा प्राथमिकता दिनुपर्ने छ ।

 

 बैदेशिक रोजगारलाई दीगो रुपमा सुरक्षित मर्यादित र उपलब्धीमुलक बनाउन स्थानीय स्तरमा के गर्न सकिन्छ भन्ने विषयमा प्रत्येक स्थानीय तहमा स्थानीय सरकारले बहस तथा पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।


 
 

प्रतिकृया दिनुहोस
SITENAME

 दाङबाट ५० हजार बढी युवा बैदेशिक रोजगारीमा

जीतसागर जी.एम. घोराही, २ असार केहि दिन अघि ४÷५ जना युवाको एक हुल जिल्ला प्रशासन कार्यालय दाङ नजिकै रहेको एउटा फोटो स्टुडियोमा पस्यो । त्यसपछि फोटो

SITENAME

कामका लागि मलेसिया जाने प्रक्रिया स्थगन

दाङ, १२ जेठ । सरकारले मलेसियामा रोजगारीका लागि कामदार जाने प्रक्रिया स्थगन गरेको छ । अब भिसा लागिसकेका बाहेक अन्य कामदार तत्कालै मलेसियामा जान

SITENAME

रोजगारीका लागि मलेसिया जाने प्रक्रिया बन्द, व्यवसायीले रोके स्वास्थ्य परीक्षण

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण