ताजा खबर

नेकपा प्रदेश, जिल्ला, नगर र गाउँ स्तरमा समायोजनको प्रकृया अलमलमै

SITENAME

दाङ, ८ असार ।

तत्कालिन नेकपा एमाले र माओबादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले संगठनको संरचनालाई तलसम्म लैजान सकेको छैन् ।

 

 

पार्टी एकता भएको डेढ महिना भैसक्दा पनि प्रदेश, जिल्ला, नगर र गाउँ स्तरमा समायोजनको प्रकृया अलमलमै छ । 

 

 

नेपाल कम्युनिष्ट पार्टीले संगठनको संरचना वडा तहसम्म पुर्याउने भनेको छ । दुबै दलका पुराना संरचना भंग भएकोले प्रदेश,जिल्ला र स्थानीय तहमा पार्टीको नेतृत्व लिने दाउमा पनि छन् । तर एकतापछि अहिलेसम्म केन्द्रीय बाहेक  कुनै संरचना बनेका छैनन् ।

 

 

 तल्लो तहसम्म एउटै संगठन बनाउन तत्कालिन दुबै दलका इन्चार्जहरुको कार्यदल गठन गरिएको  छ । तर पार्टी नियमावलीमा कमिटीको संख्या प्रष्ट नहुँदा अहिलेसम्म कामै अघि बढेको छैन् ।

 

 

पार्टी नियमावलीले प्रदेश कमिटीमा एक सय ७५, जिल्लामा एक सय २५ नगर तथा गाँउपालिकामा ५१ र वडामा ३५ सदस्यीय कमिटी रहने प्रस्ताव गरेको छ । तर कार्यदलका सदस्यहरुले पार्टी धेरै नेताकार्यकर्ता सानो आकारको कमिटी बनाउदा छुट्ने भन्दै पुर्व माओबादी केन्द्र पक्षले संख्या बढाउन माग गरेको छ ।

 

 

त्यसबाहेक जनवर्गीय संगठनहरुको संरचना कसरी अघि बढाउने भन्ने टुङ्गो लागेको छैन् । गत जेठ ३ गते पार्टी एकता गर्दा नै तीन महिनाभित्र एकीकरण प्रकृया टुङ्ग्याउने भनिएको थियो । तर आधा समय बितिसक्दा पनि केन्द्र बाहेक स्थानीय स्तरसम्म पार्टीले स्वरुप नै लिन सकेको छैन् ।

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल प्रेस युनियन दाङको अध्यक्षमा सुबेदी 

घोराही, २३ असोज/ नेपाल प्रेस युनियन दाङको अध्यक्षमा सन्तोष सुबेदी चयन हुनुभएको छ । युनियनको आज भएको अधिवेशनले सुवेदीको अध्यक्षता २१ सदस्यीय नयाँ

SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले

SITENAME

सरकारको बिरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

दाङ, १५ साउन । सरकारको काम जनबिरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकबादउन्मुख भएको भन्दै