ताजा खबर

प्रदेश ५ को सरकारले प्राकृतिक प्रकोपमा मृत्यु भएका परिवारलाई १ लाख दिने, घर 

SITENAME


दाङ, १४ असार ।
प्रदेश नम्बर ५ को सरकारले प्राकृतिक प्रकोप र बिपदमा परेका नागरिकलाई राहत बितरणका लागि मापदण्ड बनाएको छ । मन्त्री परिषदको आजको बैठकले स्वीकृत गरेको राहत बितरण मापदण्डअनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा परिवारले प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत पाउने भएका छन् ।

 

 

सरकारका प्रबक्ता एवं भौतिक पूर्बाधार बिकास मन्त्री बैजनाथ चौधरीका अनुसार पशु चौपायाको मृत्यु भएमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म क्षतिपुर्ति पाउने छन् । प्राकृतिक प्रकोपमा परी घाइते भएमा सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्चको बील अनुसारको रकम प्रदेश सरकारले दिने चौधरीले जानकारी दिनुभयो । 

 

 

यस्तै घर नष्ट भएमा प्रति घरले ३५ हजार वा ३ बण्डल जस्तापाता पाउनेछन् । यस्तै बहालमा बसेको घर नष्ट भएमा प्रति परिवार १० हजार, खाद्यान्न बाली नष्ट भएमा, १० हजार, पसल व्यबसाय नष्ट भएमा ५० हजारसम्म राहत पाउने ब्यबस्था गरेको छ । प्राकृतिक प्रकोपबाट व्यवसायिक फर्म, प्रतिष्ठानमा क्षति पुगेमा पनि कार्यविधिअनुसार राहत पाउने छन् ।

 

यस्तै बैठकले कानुन मस्यौदा सुझाब आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधा प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यसरह हुने निर्णय गरेको छ । बैठकले मुख्य न्यायाधीबक्ताको सेवा सुबिधा सम्बन्धी बिधेयक र प्रदेश लोक सेवा आयोग बिधेयक स्वीकृत गरी प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत 

घोराही, १८ साउन । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले

SITENAME

सरकारको बिरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

दाङ, १५ साउन । सरकारको काम जनबिरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकबादउन्मुख भएको भन्दै

SITENAME

मुख्यमन्त्री र सभामुखसहित सबैको सुविधा बिधेयक पारित 

बुटवल, १४ साउन । प्रदेश ५ को आजको प्रदेशसभा बैठकले सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यको पारिश्रमिक सम्बन्धी बिधयेक