ताजा खबर

बबई र पश्चिम राप्ती आसपासका बासिन्दालाई सतर्कता अपनाउन मोबाइलमा म्यासेज

SITENAME


दाङ, १८ असार । 
बबई नदी र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । बाढीसँगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

बाढी पहिरोको जोखिम बढेसँगै विभागले त्यस आसपासका बासिन्दालाई सतर्कता अपनाउन मोबाइलमा म्यासेज पठाइएको महानिर्देशक डाक्टर ऋषिराम शर्माले जानकारी दिनुभयो ।

 

बबई र राप्ती नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।

 

बाढी तथा पहिरोको जोखिमबारे थाहा पाउन मोबाइलबाट ११५५ मा एसएमएस गर्न सकिनेछ । बबई नदीमा बाढी आए बर्दिया, सुर्खेतका केही भाग डुबानमा पर्ने सम्भावना हुन्छ ।

 

यस्तै पश्चिम राप्तीको बाढीले बाँके, दाङमा जोखिम बढ्छ । यसअघि पनि यी दुई नदीमा आएको बाढीले क्षति पु¥याउने गरेको थियो । पानी पर्ने क्रम नरोकिएकाले नदी आसपासका बासिन्दालाई  उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

हेलिकोप्टर दुर्घटनाः डोल्माको जिवितै उद्दार

 दाङ, २३ भदौ / नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।   गोरखाबाट

SITENAME

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

दाङ,१ भदौ । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो । गृह मन्त्रालयले समयमा काम पूरा

SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।