ताजा खबर

हवाई मैदान बन्न नदिने स्थानियको चेतावनी

SITENAME


घोराही, २० असार ।
दाङको घोराही उपमहानगरपालिका क्षेत्रमा हवाई मैदान बनाउने बिषयमा आफुहरु सँग सल्लाह नै नगरी सरकार अघि बढ्न खोजेको भन्दै त्यस क्षेत्रका नागरिकहरुले बिरोध जनाएका छन् । 

 

घोराही उपमहानगरपालिका वडा नम्बर १०, ११ र १२ को केही भुभागमा हवाई मैदान बनाउने चर्चा भए सँगै त्यस क्षेत्रका नागरिकहरुले आफुहरुको मन्जुरी विना सरकार अघि बढ्न खोजेको भन्दै विरोध जनाएका हुन् । 

 

हवाई मैदान सरोकार समिति घोराही उपमहानगरपालिका वडा नम्बर १०, ११ र १२ ले आज घोराहीमा पत्रकार सम्मेलन गरी हवाई मैदान बनाउदा आफुहरुको उठिबास लाग्ने भन्दै बन्न नहुने बताएका छन् । साथै सरोकारवालाहरु सँग छलफल नै नगरि कुनै पनि काम समेत अघि नबढाउन समितिले चेतावनी दिएको छ । 

 

यसैबिच उक्त बिरोध र विमान स्थल बन्न नहुने धारणा सहितको पत्र समितिले घोराही उपमहानगरपालिका, पाँच नम्बर प्रदेश कार्यालय बुटवल र पर्यटन तथा नागरिक उड्यन मन्त्रालय काठमाडौमा बोधार्थ पठाएका छन् । 

 

गुज्रेखोला देखी हापुर खोला सम्मको उत्तरी भेगमा ऐलानी र गुठीको जग्गा धेरै भएका कारण सरकारले सो क्षेत्रमा विमान स्थल बनाउने गरि प्रारम्भिक अध्ययनका लागि संघिय सरकारले बजेट समेत बिनियोजन गरिसकेको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

सडक मर्मत तथा निर्माण हुदै 

घोराही, ६ असोज / घोराही उपमहानगरपालिका—१९ को वडा कार्यालयसम्म पुग्नका लागि सडक मर्मत कार्य सुरु भएको छ । बर्षाका कारण जीर्ण रहेका सडक मर्मत कार्य

SITENAME

आर्थिक र सामाजिक विकासको आधार सहकारी

घोराही, ६ असोज / आर्थिक र सामाजिक विकासको आधार नै सहकारी भएकोमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सिसा सगुन बचत तथा ऋण सहकारी संस्था घोराहीको

SITENAME

बालिका बाबुबाट बलात्कृत

घोराही, ६ असोज / दाङमा छोरीलाई जवरजस्तीकरणी गरेको अभियोगमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।  तुलसीपुर उपमहानगरपालिका ५ की १३ वर्षीया बालिकालाई