ताजा खबर

दाङमा बलत्कारका मुद्दा हरेक वर्ष बढ्दो क्रममा

SITENAME


घोराही, २१ असार ।
दाङमा बलत्कारका मुद्दा हरेक वर्ष बढ्दै गएका छन् । दाङ देउखुरी जिल्ला अदालतमा दुई वर्षको अवधिमा एक सय ४३ वटा बलत्कार सम्बन्धी मुद्दा दर्ता भएको अदालतका मूख्य न्यायधिस हेमन्त रावलले जानकारी दिनुभयो ।

 

अदालतमा दर्ता भएका मुद्धामध्ये ९० वटा मुद्दा फैसला भएको उहाँले बताउनुभयो । मुद्दा फैसला भइसकेपछि क्षतिपूर्ति भने सीमितले मात्रै पाएका छन् । फैसला भएका ९० मुद्धा मध्ये १३ जनाले मात्रै क्षतिपुर्ति पाएको मुख्य न्यायधिस रावलले जानकारी दिनुभयो । 

 

घटनापछि पीडकको डर त्रासले पीडित पक्षले आफ्नो समाज पनि छाड्ने गरेका छन् । बलत्कार जस्तो जघन्य अपराधमा स्थानीय जनप्रतिनिधिले मेलमिलाप गराउँदा घटना दोहोरिरहेको पिडितले गुणासो गरेका छन् । 

 

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर गरिने बाध्यकारी मेलमिलापले अपराधीको मनोवल झन्  बढ्ने  र पीडित सधै अपहेलित हुनुपर्ने अवस्था उत्पन्न हुन थालेको उनिहरु बताउँछन् ।

 

बल्तकारका पीडितलाई समाजले गर्ने व्यवहारबाट झन् पीडा थपिदिएको छ भने त्यसमाथि सरकारले दिने क्षतिपूर्ति पनि नपाउँदा पुनस्र्थापना केन्द्रको शरणमा नै पुग्नुपर्ने बाध्यता भएको पिडितको भनाई छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन