ताजा खबर

दश दिनमा २८ प्रतिशत रकम खर्च गर्नुपर्ने बाध्यता

SITENAME


जीतसागर जी.एम.
घोराही, २२ असार ।
दाङमा चालु आर्थिक वर्षमा दश दिनमा १९ प्रतिशत रकम खर्च गर्नुपर्ने बाध्यता भएको छ । चालु आर्थिक वर्षको असार अन्तिम सकिन दशदिन बाँकी हुँदा ८१ प्रतिशत रकम मात्र बजेट खर्च भएको छ । 

 

जिल्लामा चालु र पुँजीगततर्फ करिब १९ प्रतिशत अर्थात ३ अर्ब ६० करोड ४३ लाख ३१ हजार १ सय ७५ रकम दश दिनमा खर्च गर्नुपर्ने बाध्यता भएको हो ।

 

चालु तथा पुँजीगततर्फ गरी असार २० गते सम्म १५ अर्ब ३९ करोड ८४ लाख १६ हजार ६ सय २५ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख शुकदेव बास्कोटाले जानकारी दिनुभयो ।

 

जसमा चालुतर्फ कुल ८ अर्व २६ करोड ५५ लाख ३० हजार ६ सय बजेट मध्ये असार २० गते सम्म ७ अर्ब ६५ करोड ७९ लाख १ हजार ३ सय ३७ खर्च भएको छ भने पुँजीगत तर्फ १० अर्ब ७४ करोड १९ लाख १७ हजार मध्ये असार २० गते सम्म ७ अर्ब ७४ करोड ५ लाख १५ हजार ८७ रकम निकासा भएको प्रमुख बास्कोटाले बताउनुभयो ।

 

चालु आर्थिक वर्षमा दाङमा पुँजीगत विकास खर्च तर्फ अबको दश दिनमा करिब २८ प्रतिशत रकम खर्च गर्नुपर्ने बाध्यता भएको छ । बितेको आर्थिक वर्ष २०७३÷०७४ पुँजीगत तर्फ ९० दशमलव ८१ प्रतिशत रकम खर्च भएको थियो । 

 

तर चालु आर्थिक वर्षमा पुँजीगततर्फ बितेको वर्षको हाराहारीमा पु¥याउन दश दिनमा १८ प्रतिशत रकम खर्च गर्नुपर्ने देखिएको छ । आर्थिक वर्षको अन्तिम महिनामा हतारमा काम गरेर अधिकांश कार्यालय र आयोजनाहरुले केही रकम खर्च गरे पनि करोडौं रुपैयाँ फिर्ता हुने देखिन्छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

हेलिकोप्टर दुर्घटनाः डोल्माको जिवितै उद्दार

 दाङ, २३ भदौ / नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।   गोरखाबाट

SITENAME

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

दाङ,१ भदौ । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो । गृह मन्त्रालयले समयमा काम पूरा

SITENAME

जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

जाजरकोट, २० साउन । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।