ताजा खबर

मुस्ताङ ट्रिपर दुर्घटनामा दाङका ५ जना सहित १८ को मृत्यु

SITENAME


घोराही, २२ असार ।
मुस्ताङ्गको स्याङ्बोचेमा मजदुर बोकेको ट्रिपर दुर्घटना हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ । १३ जना घाईते भएका छन् । ति मध्ये आठको अबस्था गम्भिर छ ।

 

मृत्यु हुने दाङका ५, रोल्पाका ७, धादिङ, सिन्धुली, कपिलबस्तु,स्याङजा र कैलाली जिल्लाका एक एक जना मजदुर रहेका छन् । मृत्यु हुनेहरुमा दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर, ४३ वर्षीया शान्ति थापा, ३२ वर्षीय सुवेर चौधरी र २५ वर्षीय कमल बुढा रहनुभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गले दिएको जानकारी छ ।

 

मृत्युभएका दाङका भनिएका व्यक्तिहरुको गाउँको ठेगाना भने खुलेको छैन् । अन्य मृत्युहरुकोहरुमा रोल्पाका १९ वर्षीय महेश रोका, ३२ वर्षीय रामकुमार पुन, ३२ वर्षीय सन्तु घर्ती र २८ वर्षीय सुकमान, ३१ वर्षीया जीतमाया घर्ती, २० वर्षीया सिर्जना घर्ती र २३ वर्षीय राष्ट्रे रोका रहेका छन् । 

त्यसै गरि धादिङ्गका २३ वर्षीय सुजन घलान, सिन्धुलीका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीया विनिता थापा, कपिलबस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्गजाका २४ वर्षीय कृष्ण क्षेत्री रहेका छन ।

जोमसोम–कोरला खण्डको घिलिङ नजिक विहानको खाना खाएर काम गर्ने ठाँउमा फर्कदै गरेका मजदुर बोकेको टिपर दिउसो सडकदेखि तल खसेर दुर्घटनामा परेको हो ।घाईतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौ लगिएको छ ।

ति मजदुरहरु विरुवा कन्ट्रक्शन प्रा.लि. मार्फत मुस्ताङ्गको त्यस स्थानमा सडक निर्माण कार्यमा पुगेका थिए । कतिपयश्रीमान श्रीमति र सन्तान सहित काम गर्न पुगेका उनिहरु मध्ये कतिपयका सन्तानको विचल्ली भएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

दोस्रो बिहेका श्रीमानसंग चिनजान नै छैन् : निरमाया

जीतसागर जी.एम. जीवनमा संगै बाँँच्ने संगै मर्ने संगै सहयात्रा गर्नका लागि श्रीमान श्रीमतीको बैबाहिक जीवनको शुरुवात हुन्छ । सुखदुखमा  एक अर्कालाई

SITENAME

डा. केसी र सरकारबीचको जुहारी १६ औं दिनमा

घोराही, ३१ असार । चिकित्साशिक्षा र सेवा सुधारको मागगर्दै प्रा.डा. गोविन्द केसी जुम्लामाअनशन बसेको आज १६ दिनभएको छ । उहाँको माग सम्बोधनकालागि सरकार

SITENAME

राजनितिक आधारमा न्याय प्रभावित हुनुहुदैन ः मुख्यमन्त्री पोख्रेल

घोराही, २९ असार । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राजनितिको आधारमा न्याय प्रभावित हुन नहुने बताउनुभएको छ । सर्बोच्च अदालत न्यायमा