ताजा खबर

अपांगता मैत्री भवन निर्माण नभएको प्रति गुनासो

SITENAME


घोराही, २२ असार ।
दाङका अपांगता भएका व्यक्तिहरुले सार्वजनिक क्षेत्रका संरचनाहरु अपांग मैत्री बन्न नसकेको गुनासो गरेका छन् । अपांगता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतीक संरचना बनाउने निर्देशिका २०६९ जारी भए पनि राज्यका निकायहरुले त्यसको कार्यान्वयन नगरेको उनिहरुको गुनासो छ ।

 

अपांग मानब अधिकार एवं सरोकार मञ्च दाङको आयोजना र महिला तथा बालबालिका कार्यालय दाङको सहयोगमा आज घोराहीमा भएको अपांगता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतीक संरचना एवं सञ्चार सेवा निर्देशिका २०६९ माथी छलफलमा उनिहरुले राज्यले आफुहरुको सहजता लागि ध्यान नदिएको बताए ।

 

सरकारी तथा सार्वजनिक भवनहरुलाई अपांगता मैत्री बनाउने प्रयास देखिए पनि पूर्णरुपमा अपांगता मैत्री बन्न नसकेको भन्दै उनिहरुले स्थानिय सरकारको ध्यानआकर्षण गराएका छन् । राष्ट्रिय अपांग महानसंघ नेपाल दाङका अध्यक्ष शिब घर्तीले दाङका केही सरकारी कार्यालयहरु मात्रै अपांग मैत्री बन्ने प्रयासमा रहेको बताउनुभयो ।

 

कतिपय कार्यालयहरुमा अपांगहरु प्रबेश नै गर्न नसक्ने खालका रहेको भन्दै अपांगता मैत्री भवन निर्माणमा ध्यान दिन स्थानिय सरकारलाई उहाँले आग्रह गर्नुभयो । साथै सार्वजनिक स्थाल, मनोरन्जन पार्क, होटल, सरकारी भवनलाई अपांगता भएकाहरुको पहुँच पुग्ने गरी निर्माणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

कार्यक्रममा मानब अधिकार सञ्जालका संयोजक केशबकुमार शर्मा, राप्ती पोष्ट राष्ट्रिय दैनिकका सम्पादक शरद अधिकारी, विविसीका प्रतिनिधी बसुन्धरा गौतम, हरप्लेसका संयोजक विनोद केसीले सरकारले जारी गरेको निर्देशिका राज्यका निकायहरुले अक्षरस पालना गर्नुपर्नेमा जोड दिनुभयो । 

 

साथै कुनै पनि सरकार भवनहरु र सञ्चारलाई सबैको पहुँचयुक्त बनाउनु पर्ने भन्दै उहाँहरुले त्यसको सुरुवात राज्यका निकायहरुले गर्नुपर्ने बताउनुभयो ।

 

मञ्चका अध्यक्ष बासुदेब रीजालको अध्यक्षता एवं महिला विकास प्रमुख बिश्वमणि जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले घोराही उपमहानगरले निति नै बनाएर अपांग, बालबालिका र जेष्ठ नागरीक मैत्री संरचनाहरु निर्माण अभियानमा रहेको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस
SITENAME

बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

  जीतसागर जी.एम./घोराही/ तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय

SITENAME

थुनुवा फरार घटनाका कमाण्डार शाह निलम्बनमा

दाङ, ३० कार्तिक/ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षकसहित दुई जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । प्रदेश प्रहरीले इलाका

SITENAME

सयपत्री फुल र तिहार

जीतसागर जी.एम./ तिहार आँउदै छ, मखमली र सयपत्रीका फुलहरु घरमा छैनन् भने बजारमा पाईने रबरका फुल किन्ने सोच भईरहेको छ भने तपाँईको अब त्यो सोचलाई परिवर्तन