ताजा खबर

मुस्ताङ टिप्पर दुर्घटना : धनपुरीको काखै रित्तो

SITENAME


घोराही, २३ असार ।
हिजो मुस्ताङमा टिप्पर दुर्घटनामा परि ज्यान गुमाएका दाङका ५ जना सहित ६ जनाको शबलाई आज दाङ ल्याईएको छ । दाङ देउखुरीका ५ र कपिलबस्तुका १ गरी जनाको शबलाई नेपाली सेनाको हेलिकप्टरबाट आज अपरान्ह लमही क्रिकेट मैदानमा झारिएको हो ।

 

मृतकहरुको लमही अस्पतालमा पोष्ट मार्टम गरेर सम्बन्धित परिवार र गाउँपालिकाका प्रतिनिधीहरुलाई जिम्मा लगाईएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

 

तत्काल शबको पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाईएको र मृतकहरुको परिवारलाई क्षतिपूर्तीका बिषयमा पहलका कामहरु थालिने उहाँको भनाई छ ।

 

दुर्घटनामा मृतकहरुलाई सरकारले नै खर्च गरेर पिडितहरुको जिल्लामा शबहरु पु¥याएको हो । रोल्पाका ९ जनाको शबलाई त्यहाँको प्रशासनलाई जिम्मा लगाएर हेलिकप्टर दाङ आएको हो । 

 

दाङ राजपुर गाउँपालिका वडा नम्वर १ गुरुङ्ग खोला निवासी २५ बर्षिय कमल बुढा, सोहि ठाउँ निवासी ३० बर्षिय वालकुमार घर्ती, राप्ती गाउँपालिका वडा नम्वर ३ निवासी ३१ बर्षिय कविता घर्तीमगर, सोहि ठाउँ निवासी ३५ बर्षिय सुवेर चौधरी र कैलाली घर भई राप्ती गाउँपालिका ३  माईत भएकी २२ वर्षिय विन्ती घर्र्तीको शव हेलिकप्टर मार्फत लमही झारिएको हो ।

 

यसैविच दाङका थप दुई जनाको शबलाई कास्की मै आफन्तको जिम्मा लगाईएको छ । दाङ राप्ती गाउँपालिका ३ का ५० बर्षीय गुरुदक्त थापा र उहाँका श्रीमती ४३ बषिया शान्ती थापाको शब कास्की मै परिवारको जिम्मा लगाईएको छ । दाङ घर भएपनि हाल कास्कीमै बस्दै आएकाले शब त्यही आफन्तको जिम्मा लगाईएको हो ।

 

साथै कपिलवस्तु नगरपालिका १ का ३५ बर्षिय कमान सिंह रोकाको शबलाई पनि लमहीमै झारीएको छ । दुर्घटनामा परि रोल्पा थवाङ्ग गाउँपालिका १ का २८ बर्षिय सुकमान रोका, सोहि गाउँपालिका ५ निवासी १९ बर्षिय महेश रोका, सुनछहरी गाउँपालिका १ निवासी ३२ बर्षिय रामकुमार पुन, ३२ वर्षकै सोन्तु घर्ती, थवाङ्ग गाउँपालिका ५ निवासी सृजना मगर, सोहि ठाउँ निवासी २३ बर्षिय राष्ट्रे रोकाको शव हेलिकप्टर मार्फत रोल्पा झारिएको हो ।

 

उक्त दुर्घटनामा परि दाङ, रोल्पा, कास्की, कपिलबस्तु, धादिङ लगाएतका जिल्लाका २० जना मजदुरको मृत्युभएको थियो ।

 

नयाँ बस्ती गाउँ शोकमा, कमाउ व्यक्ति गुमाउदाको पीडा

हिजो मुस्ताङमा टिप्पर दुर्घटनामा परि मृत्युभएका राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित एउटै टोलका तीन जनाको परिवार शोकमा डुबेको छ ।नयाँबस्ती गाउँका कविता घर्ती, सुबेर चौधरी र विन्ती रोकाको टिप्पर टुर्घटनामा परि मृत्युभए पछि परिवारमा शोक परेको छ ।

 

मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका ती परिवारमा कमाउन गएका सदस्यहरुको दुर्घटनामा परि मृत्युभएपछि परिवार मात्रै हैन गाउँ नै शोकमा डुबेको छ । सुबेर, विन्ती र कविताको घर एकै टोलमा छ ।

 

पिडित परिवारलाई आफन्तहरु जम्मा भएर सान्त्वना दिने प्रयत्न गरिरहेका छन् । परिवारका सदस्यहरु छिन छिनमा भक्कानिएर रुने गर्दछन् । त्यसैगरी राजपुर गाउँपालिका १ का कमल बुढा, राप्ती गाउँपालिका १ का बालकुमार घर्तीको पनि सोही दुर्घटनामा परेर निधन भए पछि परिवारमा रुवाबासी चलिरहेको छ ।

 

पिडित परिवारले उचित क्षतिपूर्तीको माग समेत गरेका छन् । मुस्ताङमा मजदुरहरु बोकेको टिप्पर हिजो दुर्घटना हुदा २० जनाको मृत्युभएको थियो ।

 

टिप्पर दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु

मुस्ताङमा भएको टिप्पर दुर्घटनामा परि मृत्यु हुनेमा रोल्पाका एकै घरका ६ जना परेका छन् । थबाङ गाउँपालिका५ उवा पुसबाङका एकै परिवारका ६ जनासहित रोल्पाका ११ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

 

मजदुरीका लागि मुस्ताङ पुगेका छोराछोरीको मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन् ।उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको छ । उहाँका छोराहरू ३३ वर्षीय कमानसिंह, २३ वर्षीय राष्टे, १९ वर्षीय महेश र छोरी कर्मजिताको दुर्घटनामा मृत्यु भएको छ। 

 

धनपुरीका पतिकी जेठी पत्नीबाट जन्मिएका छोरी जितमाया र जेठा छोरा कुमारकी छोरी सिर्जना रोकाको पनि सोही घटनामा मृत्यु भएको छ । मजदुरीमा मुस्ताङमै रहेका मृतक महेशका दाई रामबहादुर रोकाका अनुसार घटनामा रोल्पाका ११ जनाको मृत्यु भएको छ । 

 

घटना सुनेपछि सन्तानविहीन बन्न पुगेकी धनपुरी बेहोस अबस्थामा रहनुभएको छ ।आज अपरान्ह हेलिकप्टरबाट ल्याईएको शबहरु पोष्टमार्टम पछि परिवारको जिम्मा लगाईएको छ ।।
 

प्रतिकृया दिनुहोस
SITENAME

दोस्रो बिहेका श्रीमानसंग चिनजान नै छैन् : निरमाया

जीतसागर जी.एम. जीवनमा संगै बाँँच्ने संगै मर्ने संगै सहयात्रा गर्नका लागि श्रीमान श्रीमतीको बैबाहिक जीवनको शुरुवात हुन्छ । सुखदुखमा  एक अर्कालाई

SITENAME

डा. केसी र सरकारबीचको जुहारी १६ औं दिनमा

घोराही, ३१ असार । चिकित्साशिक्षा र सेवा सुधारको मागगर्दै प्रा.डा. गोविन्द केसी जुम्लामाअनशन बसेको आज १६ दिनभएको छ । उहाँको माग सम्बोधनकालागि सरकार

SITENAME

राजनितिक आधारमा न्याय प्रभावित हुनुहुदैन ः मुख्यमन्त्री पोख्रेल

घोराही, २९ असार । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राजनितिको आधारमा न्याय प्रभावित हुन नहुने बताउनुभएको छ । सर्बोच्च अदालत न्यायमा